back
CTIZAN AD

अमेरीकाले मनायो बलिहाङ तङनाम चुम्लुङ

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1.1K 

shares

tangnam-usa-207301-2किरात याक्थुङ चुम्लुङ, अमेरिकाले  लिम्बुहरूको महान चाड” बलिहाङ तङनाम २०१६” लाई यहि अक्टोबर २९, तारीक २०१६ का दिन एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ ।

न्यू-योर्कको  स्थानिय ज्याक्सन हाईटमा अवस्थित शेर्पा किदुगको हलमा गरीएको उक्त कार्यक्रमको प्रमुख अथित न्यू-योर्कमा रहेको माहावाणिज्य दुतावासका वाणिज्य दुत कृष्ण कुमार सुवेदीले अहिले मनाउँदै  आएको दैउसी, भैलो र तिहारको मुहान नै ” बलिहाङ तङनाम”  भएको कुरा प्रष्ट राखेका थिए । यस्ता कार्यक्रमहरूले एउटा जातिको संस्कृति मात्र नभई,समग्र नेपाल र नेपालीको पहिचान जोगाउनमा ठुलो मद्दत पुग्ने कुरा बताउँदै प्रमुख अथिती सुवेदीले  प्रवासमा सबै नेपालीहरूले आपसी सदभाव र एकता कायम राख्नु पर्नेमा जोडदिएका थिए । बिशेष अथितीको रूपमा बोल्दै आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लुईसांग वाईवाले सम्पुर्ण आदिवासी जनजातिहरूको भाषा संस्कृति नै नेपालको पहिचान भएको कुरा बताएका थिए ।

tangnam-usa-207301लिम्बु पोशाकमा सजिएर आएका लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिती रहेको सो कार्यक्रमामा नेपाली जनसंपर्क समिति अमेरीकाका महासचिव मुनिन्द्र नेम्बाङ , किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय उपाध्यक्ष लिला सिंघक, मगर संघ अमेरीकाका महासचिव मान रानामगर, संघिय समाज अमेरीकाका सचिव लोक चेम्जोङ, कलाकार संघ अमेरीकाका अध्यक्ष सुमन बुढामगर, युक्राका अध्यक्ष केशव राम राई, नेजाका पुर्व अध्यक्ष एवं एभरेष्ट टायम पत्रिकाका प्रधान संम्पादक आङ छिरिङ शेर्पा, लिम्बुवान समाज अमेराकाका अध्यक्ष बिरेन्द्र लिम्बु , फोटो पत्रकार आङ कामी शेर्पा आदिवासी जनजाति महासंघ अमेरीकाका पुर्व उपाध्यक्ष बिनोद पोमो, महासचिव दिपेश लिम्बु, पाँचथरका नेता सुरेन्द्र कुमार दाहाल लगायतको उपस्थिती रहेको थियो ।संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितीहरूलाई स्वागत मन्तव्य गणित लिम्बुले राखेका थिए भने  कार्यक्रमको संचालन महासचिव सुभद्रा लावतीले गरेको थिए ।

ममता लाबुङ, मन्जु राई केरुङ र सरीता दाहालले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरन्जन दिएको उक्त कार्यक्रममा चर्चित गायक सुमन बुढामगरले लोग गित र देउसी गित गाएर सबैको मन जितेका थिए ।  अलिक फरक ढाँचा बाट संचालन गरीएको सो  कार्यक्रमलाई सफल बनाउँनका निमित्त बुद्ध चेम्जोङ, बिजेता थेवे, झमकाजि लावती, आनन्द लिम्बु, संन्जय सुव्वा, पुस्पलता थाम्सुहाङ, डा. खगेन्द्र केरुङ र दिलमाया लिम्बु अहोरात्र खटिएका थिए ।

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:१६ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...