Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत: वरिष्ठ नेता खनाल



jhalanath-khanal

१८ कात्तिक, जनकपुरधाम  । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ ।

नेकपा (एमाले) प्रदेश नं २ कमिटीद्वारा आज सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याउनुभयो ।

एमालेका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक छ, भन्नुभयो ।

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उहाँले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गनुभयो ।

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको छ भन्नुभयो ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गर्नुभयो । रासस


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.