back

वैकल्पिक ऊर्जाबाट छत्तिस लाख घरधुरीे लाभान्वित

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

759 

shares

१९ कात्तिक, काठमाडौँ । वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरूलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापना भएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

केन्द्रको २०औँ वार्षिकोत्सवको अवसरमा विहबार आयोजना गरेको कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरूमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहँुच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहागी वक्ताहरूले जोड दिएका छन् । केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र निकायको सहयोगमा वायोग्यास सहयोग कार्यक्रम, ग्रामीण ऊर्जा विकास कार्यक्रम, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, नवीकरणीय ऊर्जा परियोजना, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमहरू सञ्चालन गरेको छ ।

केन्द्रको हालसम्म २७ हजार ८७४ किलोवाट लघु तथा साना जलविद्युत, १० हजार ५९४ सुधारिएको घट्ट, छ लाख १७ हजार ४६६ घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार साना सौर्य विद्युत् प्रणाली, एक हजार ४६७ संस्थागत सौर्य विद्युत प्रणाली, १६९ सौर्य पम्पिङ्ग, ५०० सौर्य ड्रायर जडान गरेको छ ।

यस्तै केन्द्रको सहयोगमा तीन लाख ६३ हजार ८४७ घरेलु बायोग्याँस, ३२१ संस्थागत बायोग्याँस, १८ सामुदायिक बायोग्याँस, एक करोड २४ लाख ५ हजार ९८ माटोको सुधारिएको चुलो, ४७ हजार ८४१ फलामे सुधारिएको चुलो, २२ किलोवाट बायोमास ग्यासिफायर विद्युतीकरण र ६४ किलोवाट वायु ऊर्जा जडान भएका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जनसङख्या तथा वातावरण मन्त्री जयदेव जोशीले देशका सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पु¥याउन आर्थिक तथा प्राविधिक हिसाबले सम्भव नहुने भएकाले त्यहाँका जनताको ऊर्जाको माग पूरा गर्न नवीकरणीय ऊर्जाबाट मात्र सम्भव भएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको प्रभाव कम गर्न केन्द्रबाट सञ्चालित कार्यक्रमहरू निकै प्रभावकारी रहेको र यसलाई अझ विस्तार गर्दै लैजानुपर्ने खाँचे औँल्याउँदै सरकारले ऊर्जा सङ्कट समाधानका लागि नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री गणेश साहले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको र देशका हिमाल, पहाड र तराई सबै ठाउँमा यस प्रविधिलाई विस्तार गरी जनताको जीवनस्तरमा सुधार ल्याउन केन्द्रले खोजअनुसन्धान र प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभयो ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्प उपाध्यक्ष तथा केन्द्रका पूर्व कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले आम जनताको पहुँचमा स्वच्छ ऊर्जा प्रविधि पु¥याई गरिवी निवारण र दिगो विकास लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रविधिलाई अझ विस्तार र विकास गर्नु पर्दछ भन्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले केन्द्रको भावी दिशासम्बन्धी अवधारणा प्रस्तुत गर्दै भविष्यमा लघु तथा साना जलविद्युत्को प्रवद्र्धनको गरी ग्रामीण विद्युतीकरणलाई प्रभावकारी बनाउन तथा राष्ट्रिय प्रशारण लाइन पुगेका स्थानमा सौर्य, वायु तथा जैविक ऊर्जालाई अझ विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्व वातावरण मन्त्री तथा केन्द्रको बोर्डका अध्यक्षहरू गणेश साह, मानबहादुर विश्वकर्मा, सुरेन्द्र चौधरी, बुद्धिमान तामाङ, डा केशवमान शाक्यलाई सम्मान गर्नुभएको थियो भने केन्द्रका पूर्व कार्यकारी निर्देशकहरू डा मदनबहादुर वस्नेत, डा पोखरेललगायतलाई सम्मानित गरिएको थियो ।

साथै, कार्यक्रममा विकास साझेदार, संस्थाको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तित्वहरू, केन्द्रमा सबैभन्दा लामो समय सेवा गर्ने कर्मचारीहरू तथा प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:०१ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...