१७ फागुन, काठमाडौ । संविधानसभाबाट नयाँ संविधान जारी हुनुअघी जन्मका आधारमा नेपालको नागरीकता लिएका व्यक्तिका सन्तानले पनि अब राष्ट्रपति र उपराष्ट्रपति बन्न पाउने भएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकले २०६५ साल मंसीर १० गते भित्र निवेदन दिई संविधान जारीअघी जन्मका आधारमा नेपालको नागरिकता पाउने व्यवस्थामा सहमतीपछि उनीहरुलाई पनि राष्ट्रपति र उपराष्ट्रपति बन्ने बाटो खुलेको हो ।
संविधानको व्यवस्थालाई अक्षरस पालना गरी जन्मको आधारमा नागपरिकता लिने व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजका नागरिकता प्राप्त गर्ने सहमतिपछि अब जन्मका आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार बन्न सक्ने बाटो सुरक्षित बनेको छ । शुक्रबारको नागरिक दैनिकबाट ।
वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:०३ मा प्रकाशित