Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सुरु भयो प्रसिद्ध कात्तिक नाच



१९ कात्तिक, ललितपुर । पाटनको प्रसिद्ध कार्तिक नाच विहिबार साँझदेखि सुरु भएको छ ।

कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ । नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ । नाचमा नेवारी समुदायका विभिन्न जात–उपजातको सहभागिता हुने समितिका अध्यक्ष किरण मानन्धरले बताउनुभयो ।

नाच हेर्न उपत्यकाका विभिन्न स्थानबाट दर्शक पाटन दबार क्षेत्र आइपुग्ने गरेको छन् । उहाँले भन्नुभयो, “सुरुका दिनहरूमा भन्दा पनि अन्तिम दिनहरूमा दर्शकको सङ्ख्या अझै बढ्ने गरेको छ ।”

नाच जति दिनसम्म हुँदा पनि नरसिंह अवतार कार्तिक शुक्ल त्रियादशीका दिनमा नै हुने गरेको छ । पूर्णिमाको दिन नाच सकिनेछ । नरसिंह अवतारलाई सिङ्गो नाचको विशेषता मानिन्छ । उहाँले भन्नुभयो, “यो नाचका दिनमा दर्शकको भीडले खचाखच हुने गर्छ ।”

राजा सिद्धिनरसिंह मल्लले ३७६ वर्ष पहिले यस नाचको सुरुवात गरेका थिए । केही वर्षदेखि १२ दिनसम्म फरक–फरक कथामा आधारित नाच्ने गरिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।