back
CTIZAN AD

सुरु भयो प्रसिद्ध कात्तिक नाच

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

1.5K 

shares

१९ कात्तिक, ललितपुर । पाटनको प्रसिद्ध कार्तिक नाच विहिबार साँझदेखि सुरु भएको छ ।

कृष्ण लीलामा आधारित नाच पाटन दरबार क्षेत्रमा हुने गर्छ । नाच १२ दिनसम्म चल्ने कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ । नाचमा नेवारी समुदायका विभिन्न जात–उपजातको सहभागिता हुने समितिका अध्यक्ष किरण मानन्धरले बताउनुभयो ।

नाच हेर्न उपत्यकाका विभिन्न स्थानबाट दर्शक पाटन दबार क्षेत्र आइपुग्ने गरेको छन् । उहाँले भन्नुभयो, “सुरुका दिनहरूमा भन्दा पनि अन्तिम दिनहरूमा दर्शकको सङ्ख्या अझै बढ्ने गरेको छ ।”

नाच जति दिनसम्म हुँदा पनि नरसिंह अवतार कार्तिक शुक्ल त्रियादशीका दिनमा नै हुने गरेको छ । पूर्णिमाको दिन नाच सकिनेछ । नरसिंह अवतारलाई सिङ्गो नाचको विशेषता मानिन्छ । उहाँले भन्नुभयो, “यो नाचका दिनमा दर्शकको भीडले खचाखच हुने गर्छ ।”

राजा सिद्धिनरसिंह मल्लले ३७६ वर्ष पहिले यस नाचको सुरुवात गरेका थिए । केही वर्षदेखि १२ दिनसम्म फरक–फरक कथामा आधारित नाच्ने गरिन्छ ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:०५ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...