back

अफगानिस्तानमा हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु, अमेरिकी पनि परे

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

294 

shares
NTC AD
Global IME AD

१९ कात्तिक, कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ ।

कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रूपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो । तर केही समय पहिले अफगानी सेनाले चलाएको कारबाहीपछि विद्रोही उक्त क्षेत्र छोडी उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ भागेका थिए ।

अफगानी सुरक्षाकर्मी तथा नेटो सेनाले अफगानी तालिबानी समूहविरुद्ध गरेको संयुक्त हवाई कारबाहीमा तीस नागरिकले सहादत प्राप्त गरका साथैे २५ जना अन्य घाइते भएको प्रान्तीय प्रवक्ता महम्मद डेनिसले बताउनुभयो ।

बिहीबारको घटनामा अफगानिस्तानमा कार्यरत दुई अमेरिकी सेनाकोसमेत मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नेटोले ‘तालिम, सल्लाह र सहयोग मिसन’ अन्तर्गत अफगानिस्तानको कुन्दुज क्षेत्रमा तैनाथ दुई अमेरिकी सेनाको मृत्यु भएको र दुई सैनिक घाइते भएको पुष्टि गरेको छ । एएफपी÷एपी

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...