back

लिवियामा डुङ्गा दुर्घटनामा दुई सय चालिस आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

738 

shares
GLOBAL IME AD
NTC AD

१९ कात्तिक, मिलान (इटाली) । लिवियामा बुधबार भएको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा कम्तिमा २४० जना आप्रवासीको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले बिहीबार जनाएको छ ।

यो सङ्ख्यासँगै भूमध्यसागरिय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा चार हजार २२० आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता कारलोटा समीले दक्षिणी इटालीको लाम्पेडुसा टापुमा आइपुगेका घटनामा बाँच्न सफल आप्रवासी शरणार्थीलाई उद्धृत गर्दै बताउनुभयो, दुई वटा रबरका डुङ्गा दुर्घटनामा जम्मा ३१ जना बाँच्न सफल भएको भए पनि दुवै दुर्घटनाग्रस्त डुङ्गामा यात्रारत २४० जना शरणार्थी दुर्घटनापछि समुद्रमा हराएका बताए ।

दुवै डुङ्गा यात्रारत ती यात्रुहरू प्रायजसो सहारा क्षेत्रका अफ्रिकी नागरिक रहेको प्रत्यक्षदर्शीले बताएका थिए । तर यूएनएचसीआरका इटालीस्थित प्रतिनिधि समीले डुङ्गा दुर्घटनामा कति र कहाँका नागरिकको मृत्यु भएको हो भन्ने विषयमा विस्तृत विवरण जम्मा गरिँदै भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईएमओ)का अनुसार सन् २०१५ मा भूमध्यसागरिय क्षेत्रमा तीन हजार ७७७ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २०१४ मा निकै धेरै रहेको थियो । एएफपी

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:४० मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...