back
CTIZAN AD

लिवियामा डुङ्गा दुर्घटनामा दुई सय चालिस आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

1.2K 

shares

१९ कात्तिक, मिलान (इटाली) । लिवियामा बुधबार भएको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा कम्तिमा २४० जना आप्रवासीको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले बिहीबार जनाएको छ ।

यो सङ्ख्यासँगै भूमध्यसागरिय क्षेत्रबाट जीवनलाई खतरामा राखी युरोप तथा विश्वका अन्य मुलुक जाने क्रममा सन् २०१६ मा चार हजार २२० आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इटालीस्थित यूएनएचसीआरकी प्रवक्ता कारलोटा समीले दक्षिणी इटालीको लाम्पेडुसा टापुमा आइपुगेका घटनामा बाँच्न सफल आप्रवासी शरणार्थीलाई उद्धृत गर्दै बताउनुभयो, दुई वटा रबरका डुङ्गा दुर्घटनामा जम्मा ३१ जना बाँच्न सफल भएको भए पनि दुवै दुर्घटनाग्रस्त डुङ्गामा यात्रारत २४० जना शरणार्थी दुर्घटनापछि समुद्रमा हराएका बताए ।

दुवै डुङ्गा यात्रारत ती यात्रुहरू प्रायजसो सहारा क्षेत्रका अफ्रिकी नागरिक रहेको प्रत्यक्षदर्शीले बताएका थिए । तर यूएनएचसीआरका इटालीस्थित प्रतिनिधि समीले डुङ्गा दुर्घटनामा कति र कहाँका नागरिकको मृत्यु भएको हो भन्ने विषयमा विस्तृत विवरण जम्मा गरिँदै भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईएमओ)का अनुसार सन् २०१५ मा भूमध्यसागरिय क्षेत्रमा तीन हजार ७७७ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २०१४ मा निकै धेरै रहेको थियो । एएफपी

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:४० मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...