
१८ फागुन, जुम्ला । कर्णालीका एथलेटिक्स खेलाडीको खाजा खर्चका लागि कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय सअभागिताका क्रममा आवस्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउनका लागि मिल सञ्चालन गरिएको हो । कर्णाली स्पोर्टस क्लबले चन्दनाथ गाउँपालिका ५ रानीपोखरी नजिकै २२ लाख रुपैयाँ लागतमा मिल बनाई सञ्चालनमा ल्याएको हो ।
यसअघि थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नु परेको आर्थिक संकट हटाउन मिल सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । शनिबारको अन्नपूर्णपोस्ट दैनिकमा जुम्लाबाट नन्दराज जैशीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १८ शनिवार ०७:४१ मा प्रकाशित





























