back
CTIZAN AD

कलैयामा बृहत सरसफाइ जागरण अभियान शुरु

वि.सं.२०७५ फागुन १९ आइतवार

552 

shares

१९ फागुन, कलैया ।  प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको सदरमुकाम कलैयामा बृहत सरसफाइ जागरण अभियानको शनिबार उद्घाटन गरे ।

जिल्लास्तरीय सरसफाइ स्वच्छता अभियान बाराको आयोजनामा शुरु भएको अभियान कार्यक्रममा मन्त्री सोनलले प्रदेश नं २ लाई नै सरसफाइ गर्नका लागि प्रदेश सरकारले अभियानका रुपमा लैजान घोषणा गरेको हुँदा अभियानलाई सार्थक बनाउन जिल्लावासीलाई आग्रह गरे ।

जिल्लालाई हराभरा, सफासुग्घर बनाउनका लागि यो अभियान प्रदेश सरकारले अगाडि बढाएको प्रष्ट पार्दै मन्त्री सोनलले सरसफाइले जीवनको हरेक पललाई सार्थक बनाउनमा मद्दत पुग्ने भएको हुँदा पनि एक घर एक शौचालयको अवधारणाअनुसार अनिवार्यरुपमा चर्पी निर्माण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घीय सांसद एकवाल मियाँ, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासलगायतले आफ्नो भनाइ राखेका थिए । सदरमुकाम कलैयाको विभिन्न भागमा सरसफाइसमेत मन्त्री सोनलको अगुवाइमा भएको थियो ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०९:१३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...