back

‘प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप काङ्ग्रेसलाई अस्वीकार्य’

वि.सं.२०७५ फागुन २० सोमवार

348 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् । सभापति देउवाले भने,“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।” सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएर विसं २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहेकाका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए ।

पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरेका थिए ।

वि.सं.२०७५ फागुन २० सोमवार १६:५८ मा प्रकाशित

भारतका विद्युत् मन्त्री काठमाडौंमा

भारतका विद्युत् मन्त्री काठमाडौंमा

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर...

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...