back
CTIZAN AD

‘प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप काङ्ग्रेसलाई अस्वीकार्य’

वि.सं.२०७५ फागुन २० सोमवार

678 

shares

२० फागुन, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् । सभापति देउवाले भने,“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।” सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएर विसं २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहेकाका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए ।

पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरेका थिए ।

वि.सं.२०७५ फागुन २० सोमवार १६:५८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...