back
CTIZAN AD

विना व्याजको पैसा पाएपछि डोटीका युवा कृषि उद्यममा आकर्षित

वि.सं.२०७५ फागुन २० सोमवार

1.1K 

shares

विमलबहादुर विष्ट, २० फागुन डोटी । बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् ।

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय शुरु गरेको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहेका उनले आयआर्जन गर्न उक्त व्यवसाय रोजेको बताए ।

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रु पाँच लाख ऋण लिएर आफूले बाख्रापालन गरेको उनले बताए । उनले भने, “सरकारले बिनाब्याज रकम दिँदैछ, काम गर्नेहरुका लागि यो राम्रो अवसर हो ।” उनले युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यवसाय शुरु गरेका छन् छ । जमुनापारि क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्षसमेत रहेका बोहरा बाख्रापालन व्यवसाय शुरु गर्न पाएकामा खुशी छन् ।

त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहेका छन् । युवा समितिले युवा उद्यम कार्यक्रमअन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिए ।

समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामिखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उनले बताए ।

त्यस्तै जोरायल गाउँपालिका–५ का स्थानीयवासी लीलाधर विष्टले पनि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा गाउँमा रेन्बो ट्राउट माछापालन गरेका छन् । माछापालन व्यवसाय शुरुमा केही खर्चिलो भए पनि अहिले राम्रै आम्दानी हुन थालेको उनले बताए ।

विष्टले भने, “शुरुमा हामीलाई माछा हुर्काउनमा निकै समस्या भयो, अहिले त राम्रै आम्दानी हुन थालेको छ ।” आफ्नै वडाका तीन जना युवा मिलेर उहाँहरुले रेन्बो ट्राउट माछापालन गरेका छन् । उक्त माछाको बजार मूल्य अहिले करीब रु एक हजार ६०० देखि रु एक हजार ७०० सम्म पर्ने गरेको कृषक लीलाधर विष्टले बताए ।

सरकारले बिनाब्याज ऋण रकम दिन थालेपछि यहाँका अधिकांश बेरोजगार युवा कृषि कर्म गर्नका लागि प्रस्तावना पत्र बनाएर सम्बन्धीत निकायमा पेश गर्न थालेका छन् । युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आयआर्जनमूलक व्यवसाय गर्न थालिएको युवा उद्यम कार्यक्रम समितिका अध्यक्ष बमबहादुर बमले बताए ।

उनले भने, “जागिर पाएन भनेर हल्लिनुभन्दा बिना ब्याजको पैसा लिनोस्, काम गर्नुस्, पैसा घरैमा छ ।”

वि.सं.२०७५ फागुन २० सोमवार १७:०७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...