back
CTIZAN AD

पशुपतिमा दर्शनार्थीको घुइँचो, बेलुका सम्म ११ लाखले दर्शन गर्ने

वि.सं.२०७५ फागुन २० सोमवार

1.2K 

shares
२० फागुन, काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । चावहिलचोकबाट लाम बसेको छ घण्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको बालाजुबाट आएका लोकेश थापाले गुनासो गरे ।

कोषले छ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ । मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भीड देखिन्छ ।

मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन् ।

आज रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार १७:३३ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...