back
CTIZAN AD

मलेसिया गएका श्रीमान उतै बेपत्ता, श्रीमती सिकिस्त,उपचार गर्न पैसा छैन

वि.सं.२०७५ फागुन २१ मंगलवार

561 

shares

 

२१ फागुन, दमक । नौ वर्षकी पल्पसा आमा कल्पना योङहाङ लिम्बूका अगाडि टोलाएर बस्छिन् । कल्पना कलेजो बिग्रिएर आठ महिनादेखि थला परेकी छन् ।
मलेसिया गएका उनका श्रीमान राम बहादुर १० वर्षसम्म फर्किएका छैनन् । ‘मलेसिया पुगेको दुई वर्ष सम्म त फोन सम्पर्क थियो, ४० वर्षीया कल्पनाले आँसु झार्दै भनिन्, त्यपछि सम्पर्क टुट्यो । कति खोजी गरे पत्तो छैन् ।’ आमा छोरी झापाको दमक १ मा डेरा लिएर बसेका छन् ।
केही खायो कि उनको पेट फुलिने समस्या छ । चिकित्सकका अनुसार कलेजो १० प्रतिशत मात्र बाँकी छ । सुरुमा जन्डिस भएको उनले सुनाईन् । आर्युवेर्दिक औषधिले ठीक गरेको थियो । तर, पित्तथैलीको पत्थरीया शल्यक्रिया पछि उनी ओछ्यानमा परेकी हुन् । डेढ वर्ष औषधि खाँदा ८५ प्रतिशत ठीक अवस्थामा पुगेको थियो । विराटनगरको नोबेल अस्पतालमा शल्यक्रिया गरेपछि समस्या बल्झिएको उनको भनाई छ । डाक्टरले उनलाइ आराम गर्न र पौष्टिकतत्व युक्त खानेकुरा खान सुझाउने गरेका छन् । ‘डाक्टरले त पोसिलो खानेकुरा खानु कलेजो आफै पलाउँछ भन्नु भएको छ,’ उनले भनिन्, ‘तर, के गर्नु आफूसँग अण्डा किनेर खाने पैसा समेत छैन् ।’
डेरा भाडा महिनाको तीन हजार बुझाउनु पर्ने बताउने उनको पेटबाट पानी फाल्न पनि सातामा १ हजार ५ सय लाग्ने आफन्त पूजन लिम्बूले बताए ।
मंगलबारको अन्नपूर्ण दैनिकमा दमकबाट लोकनाथ रिजालले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:०९ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...