back
CTIZAN AD

लन्डनमा नेपाल सम्बत र म्ह:पुजा (तस्बिर सहित)

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

834 

shares

landan1लण्डन। नेपालको मौलिक नेपाली संवत नेपाल संवत नयाँ बर्ष ११३७ को अवसरमा बेलायतमा पनि बृहत कार्यक्रम संपन्न भएको छ। पासा पुचः गुठी साउथ इष्ट लण्डनको आयोजनामा नेपाल संवत ११३७ र म्हःपूजाको आयोजना गरिएको हो। लण्डनको प्लमस्टिड स्थित कम्युनिटी हलमा सोमवार आयोजित समारोहमा नेपाल संवत ११३७ को उपलक्ष्यमा एक अर्कालाई भिन्तुना भन्दै शुभकामना आदान प्रदान गर्ने कार्य भयो।

landan5

साथमा सोही दिन बेलायतमा रहेका नेवार समुदालयले आत्म पूजा अर्थात म्हः पूजा पनि गरे। जसमा सयौंको सहभागिता रहेको आयोजक पासा पुचः गुठी साउथ इष्ट लण्डनले जनाएको छ। बेलायत स्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यमा कार्यक्रम संपन्न भएको थियो। पासा पुचः गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले शुभकामनासहित नेवारी समुदायको संस्कृति र परम्परा नजिकबाट नियाल्न पाएकामा प्रसन्नता व्यक्त गरे।

मन्तव्यका क्रममा अध्यक्ष सुशील प्रजापतिले नेवारी संस्कृति र परम्परा जीवन्त राख्दै नयां पुस्तालाई यसप्रति जागरुक बनाउन कार्यक्रम गरिएको जनाए। कार्यक्रम संयोजक सचिन श्रेष्ठले पनि शुभकामना दिंदै पर्वको महत्व दर्शाए। नगेन्द्र श्रेष्ठ र काजल जोशीले सञ्चालन गरेको कार्यक्रममा चुत्रबहादुर श्रेष्ठले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए। दोश्रो चरणको कार्यक्रम सांस्कृतिकमय रह्यो। आयोजकले स्टेजमै पन्चकन्या, कुमारी, सांस्कृतिक झांकी, पुलुकिसी जात्रा, भैरव रथयात्रा, भैरव गुन यात्रा, लाखे र धिमे बाजा प्रस्तुत गर्दा माहोल नेपालकै कुनै नेवारी टोलमा भए जस्तो लाग्थ्यो।landa2

लाखे नाच, भैरव गुन नाच, मन्जुश्री नाच, नेवा नाच र नेपाली गीतमा नृत्य कार्यक्रमका मुख्य आकर्षण रहे। सत्य प्रसाद प्रजापति, अशोक अवाल, इरभिन श्रेष्ठ, आशिष श्रेष्ठ, आयुषा श्रेष्ठ र मन्देश श्रेष्ठले भैरव गुन नाच देखाए भने विनोद चिपालुले लाखे नाच देखाएका थिए। सत्यप्रसाद प्रजापतिले नेवा गीत गाएका थिए । मिस यूके नेपाल ०१६ की सेकेन्ड रनरअप विभिया श्रेष्ठले गरेको नेवा नाच र सलोनी श्रेष्ठले सपना भइ आंखामा आउने…गीतमा गरेको नाच आकर्षक थियो।

landa3कार्यक्रममा जिसिए सइ, ए लेभल, ब्याचलर र मास्टर्स डिग्री उत्तिर्ण गर्ने नेवा विद्यार्थीहरुलाई सम्मान गरियो। आयोजकले एक तोला सुन पुरस्कार राखेर राफल चिठ्ठा समेत खोलेका थिए। कार्यक्रममा रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर पिटर ब्रुक्स, काउन्सिलरहरु, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, एनआरएनए यूके कोषाध्यक्ष 
एवं संस्थाका सल्लाहकार दीपक श्रेष्ठ, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, समाजसेवीहरु मोहन गुरुङ, हयारी गुरुङ, जीवन सेन, विसन थापा, पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, तमुधिं साउथ इष्ट लन्डन अध्यक्ष श्रीचन्द्र गुरुङ लगायत उल्लेख्य अतिथीको उपस्थिति थियो।

landan1

अतिथी सत्कारको जिम्मा सल्लाहकार दीपक श्रेष्ठले लिएका थिए। कार्यक्रमको अन्त्यमा डिजे लाल र डिजे खानको गीत संगीतमा सहभागी मज्जाले नाचेका थिए। संस्थाले यही १७ डिसेम्बर, २०१६ मा योमरी पुन्ही र यूके योमरी प्रतियोगिता गर्ने तयारी शुरु गरिसकेको छ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०९:३५ मा प्रकाशित