back
CTIZAN AD

रक्षा मन्त्री खॉणलाई पेरिसमा स्वागत

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

933 

shares

सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षा मन्त्री माननिय बालकृष्णा खॉण र उहॉको भ्रमण दललाई गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिंषद फ्रान्सले यहि २६ अक्टोबर २०१६ तारिख एक दिवाभोज आयोजना गरेर स्वागत गरेको थियो । स्वागत दिवा भोज पेरिसको सगरमाथा नेपाली रेस्टोरेंटमा आयोजना गरिएको थियो ।
मन्त्री स्तरका उच्च व्यक्तिहरू आउंदा समय मिले सम्म नेपाली समुदाय संग भेटघाट गरेर देशको समसामयिक वस्तु स्थितिको जानकारी लिने र यहॉको नेपाली जनजीवनका दुस्ख सुस्ख उघ्धोक व्यवसायको जानकारी गराउने परम्परा संघले धेरै वर्ष पहिलेदेखि नै अबलम्बन गर्दै आएको छ ।

स्वागत एवं भेटघाट कार्यक्रममा संघका अध्यक्ष भक्त वाग्लेले माननिय मन्त्री ज्युलाई फूलको गुच्छा दिंदैं सबै अतिथिहरूको स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल देखि पाल्नभएका अतिथिहरू र नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उपप्रमुख रामबाबु ढकाल, संघका प्रमुख संरक्षक हरिहर अर्याल, भुपु अध्यक्ष निर्मल अर्याल, संघका वरिष्ट उपाध्यक्ष सुर्वण बिक्रम हमाल, माहासचिव नरेन्द्र शाही ठकुरी, सचिव शिव पराजुली (कृष्ण), युवा प्रतिनिधि प्रविन सापकोटा, सदस्य किरण के।सी। लगाएयतका दुई दर्जन जतिको सहभागीता रहेको थियो ।

भेटघाटमा उपस्थित सबै सहभागीहरूले फ्रान्स र नेपाल दुबै देशको बारेमा आ(आफ्ना जिज्ञासाहरू राखेका थिए ।  मन्त्री खॉणले मैन्त्रीपूर्ण ढंगले सबै जिज्ञासाहरूको ब्याख्या र विश्लेषण गर्नु भएको थियो । गैरआवसिय नेपाली संघका पदाधिकारीहरूले भूकम्प पिडित नेपालीहरूको मर्का चाडै समाधान गर्न र कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न सुझाव दिंदै आग्रह गरेका थिए भने हामी गैरआवसिय नेपालीहरू देशको लागी जस्तोसुकै सहयोग पनि गर्न हिजोका दिनमा गर्दै आएको र निरन्तर सहयोग गर्ने विश्वास दिलाईएको थियो । यसरी क़रीब ३ घण्टाको समय पछि दिवाभोज, स्वागत तथा अन्तर्कृया कार्यक्रम समापन भएको थियो ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०८:२७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...