Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

शान्ति नेपाली समाज बेलायतको कार्यक्रममा घन्क्यो नौमति बाजा (भिडियोसहित)



 

शान्ति नेपाली समाज बेलायतले विजयादशमी तथा सुभदिपावली २०७३ को अवसर पारेर बिशेषष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति कृष्ण ढकाल र लोकप्रिय कलाकार एबम कार्यक्रमका प्रमुख अतिथि सुर्य खड्काले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने ज्ञातअज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । स्थनिया कलाकारहरुको स्वागत गीत र राष्ट्रिय गान पछि कार्यक्रमको सुरुवात गरिएको थियो । सस्थाका सक्रिय सदस्य भुपेन्द्र पाठकले कार्यक्रम संचालन गरेका थिए भने सचिब शंकर भण्डारीले सुभकामना मन्तब्य दिएका थिए ।
४०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का, कल्पना श्रीपालका साथै गैरआबासीय नेपाली संघ यू।के का सचिब फडिन्द्र भट्टराई, गुल्मी जिल्ला समाज यू।के का सदस्य एबम सृजनसिल लेस्टरका महासचिव बरुण भण्डारी, शान्ति नेपाली समाज बेलायतका निबर्तमान अध्यक्ष श्री काशिनाथ शर्मा, बिश्व साइकल यात्री लोकबन्धु कार्की लगायत बिभिन्न संघसस्थाका प्रतिनिधि को उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का र कल्पना श्रीपाल ले दर्शकहरुलाइ भरपुर मोनोरंजन गराएका थिए। मनकामना महिला समुहको देउसीभैलो र स्थानिय कलाकारहरु जानकी गैरे, अशोक भट्टराई, सनुजा सापकोटा, निशान भण्डारी, योजना पाण्डे, अनुस्का पाठक, इबा मैनाली, इना मैनाली, प्रबिण खरेल, कुशल खरेल, चंचल पन्थी, समिर सापकोटा, मुना सापकोटा,बिनोद थापा, दिव्या खरेल, रंजिला सहनी, सगर सापकोटा मनिषा सापकोटा, प्रकाश बिस्ट, तल्लिमा, निशा, बिबेक,सरिता लगायतका कलाकारहरुले विभिन्न नेपाली परम्परा झल्काउने खालका पोशाकमा दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए ।
कार्यक्रममा विभिन्न नेपाली संघसस्थाका प्रतिनिधि, बुध्दिजीबी ,लगायत नेपालदेखि आउनुभएका बुवाआमाहरुलाई अतिथिको अशान ग्रहण गराईएको थियो । आ-आफ्नो मन्तब्यको क्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सम्पूर्ण उपस्थित बुवा आमा ,दिदीबहिनी तथा दाजुभाई हरुलाई दशैं तिहारको सुभकामना दिएका थिए साथै समाजले धेरै लोकप्रिय काम गर्न सफल भएको र भविष्यमा पनि यस्तै राम्रा कामहरु गर्दै जाओस् भन्ने कामना गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण बुवाआमा, दिदीबहिनी तथा दाजुभाईहरुबाट सहयोग स्वरूप संकलित रकम बिश्व साइकल यात्री लोकबन्धु कार्कीलाई हस्तारन्तर गरिएको थियो साथै सस्थाका वर्तमान अध्यक्ष कृष्ण ढकालले मन्तब्यको क्रममा बिगत ४ वर्ष देखि सस्थाका समिति र विभिन्न उप समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण समाज प्रेमीहरुलाई धन्यबाद दिनु भएको थियो र वर्तमान समितिलाई निबर्तमान समितिको पूर्ण सहयोग ,सुजाब र मार्गदर्शन निरन्तर रहिरहने कुरामा पूर्ण विश्वास रहेको कुरा बताउनु भएको थियो । शान्ति नेपाली समाज को नयाँ सास्कृतिक समिति र सल्लाहकारहरुको घोषणा गरिएको थियो ।