back
CTIZAN AD

पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडी बढ्यो

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

954 

shares

१९ कात्तिक, काठमाडौँ । श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ÷संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिनुभयो ।

“सूचना तथा सञ्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ, उहाँले भन्नुभयो –त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ ।”
त्यसैगरी मन्त्रालयले ल्याउन लागेको स्वास्थ्य बिमा कार्याक्रममा पनि पत्रकारलाई कसरी लाभान्बित गर्न सकिन्छ भन्नेबारे समेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासङ्घले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले उक्त व्यवस्था कार्यान्वयनका लागि महासङ्घले सञ्चार, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समेत पटक÷पटक अपिल गर्दै आएको छ भन्नुभयो । महासङ्घकै पहलमा बजेटमा व्यवस्था गरिएको हुँदा यदि कार्यान्वयन नभएको खण्डमा महासङ्घले सकारात्मक दबाब दिने उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १०:०१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...