Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रतितोला आठसयले् बढ्यो सुन



Gold bars

काठमाडौँ। नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला रू आठ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण यहाँ पनि मूल्य वृद्धि भएको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला रू ५६ हजार ७०० मा कारोबार थियो । आज सुनको मूल्य रू ५७ हजार ५०० कायम भइ कारोबार भएको छ ।

तेजावी सुनको मूल्य गत साता रू ५६ हजार ४५० मा कारोबार भएकामा आज प्रतितोला रू ५७ हजार २५० मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य गत साताको तुलनामा प्रतितोला रू ३० ले वृद्धि भइ आज रु ८४० कायम भएको छ । सामान्य अवस्थामा सुन दैनिक १० किलो कारोबार हुँदै आएकामा तिहारमा दैनिक ३० किलो कारोबार भएको सङ्घले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।