back

मन्त्रिपरिषद् बैठक सम्पन्न, दलित उत्थान विकास समितिमा डा. वुद्धिबहादुर

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

738 

shares

१९ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सिंहदरबारमा आज बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १०:०७ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...