back

औषधिका रुपमा जडीबुटीको प्रयोग बढ्दो

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

615 

shares
IME Limited
NTC AD

१९ कात्तिक, काठमाडौ । औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएकोे छ । बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ । विभागका प्रवक्ता सुधीता बासुकलाले २०६५ सालको तुलनामा ११८ प्रजातिका जडीबुटी वृद्धि भएको जानकारी दिनुभयो ।

विसं २०६५ मा ७०१ जडीबुटी औषधिका रुपमा प्रयोग भएकामा अहिले सो सङ्ख्या ८१९ पुगेको छ । सबैभन्दा बढी कर्णाली क्षेत्रमा तथा कम गण्डकी क्षेत्रमा जडीबुटी उत्पादन हुन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएका कारण बढी मात्रामा जडीबुटी उत्पादन हुने गरेको विभागको भनाइ छ ।

हिमाली क्षेत्रमा जटामसी, कुट्की, अतिस, पद्यमचाल पहाडी, क्षेत्रमा चिराइतो, टिमुर, तेजपात, दालचिनी, सुगन्धवाल तथा तराईमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धालगायतका जडीबुटी पाइने गरेका छन् । उत्पादन हुने अधिकांश जडीबुटी भारत र चीनमा निकासी हुने गरेको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १०:०९ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...