back
CTIZAN AD

औषधिका रुपमा जडीबुटीको प्रयोग बढ्दो

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

972 

shares

१९ कात्तिक, काठमाडौ । औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएकोे छ । बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ । विभागका प्रवक्ता सुधीता बासुकलाले २०६५ सालको तुलनामा ११८ प्रजातिका जडीबुटी वृद्धि भएको जानकारी दिनुभयो ।

विसं २०६५ मा ७०१ जडीबुटी औषधिका रुपमा प्रयोग भएकामा अहिले सो सङ्ख्या ८१९ पुगेको छ । सबैभन्दा बढी कर्णाली क्षेत्रमा तथा कम गण्डकी क्षेत्रमा जडीबुटी उत्पादन हुन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएका कारण बढी मात्रामा जडीबुटी उत्पादन हुने गरेको विभागको भनाइ छ ।

हिमाली क्षेत्रमा जटामसी, कुट्की, अतिस, पद्यमचाल पहाडी, क्षेत्रमा चिराइतो, टिमुर, तेजपात, दालचिनी, सुगन्धवाल तथा तराईमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धालगायतका जडीबुटी पाइने गरेका छन् । उत्पादन हुने अधिकांश जडीबुटी भारत र चीनमा निकासी हुने गरेको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १०:०९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...