back
CTIZAN AD

अटिजम केयर नेपालको शाखा पोखरामा

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

1.2K 

shares

पोखरा । मस्तिष्कको नशाको अनौठो बनावट भएका वा केही पछि समस्या भएर हुर्किएका बाल–बालिकाहरुको हित हुने कार्य गर्न स्थापना भएको “अटिजम केयर नेपाल सोसाईटी”को पोखरा च्याप्टर गठन भएको छ । पोखराका समाज सेवी राजेन्द्रमान उदासको संयोकत्वमा गठित समितिलाई काठमाण्डौमा कार्यरत उक्त संस्थाको केन्द्रीय समितिले मान्यता दिएको हो । हाललाई गण्डकी र धौलागिरी अञ्चलका सबै जिल्लालाई समेटेर गठन गरिएको पोखरा च्याप्टरको कार्य समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः शिक्षाबिद रत्नमान गुरुङ्ग, सहायक पाध्यापक मुकुन्द लम्साल र ध्रुव शर्मा रहेका छन् । यसैगरि समितिका सदस्यहरुमा सम्झना पराजुली, कृष्ण के.सी. र गायत्री राजभाट रहेका छन् ।
सामान्य अवस्थाका बालबालिका भन्दा भिन्दै केही सरल र केही उत्तेजित स्वभाव हुनेलाई अटिजम भएको मान्ने गरिएको छ । अटिजम सम्बन्धी लक्षण जन्मिएको दुई बर्ष पछि मात्रै अनुभव गर्न सकिन्छ । यस प्रकारका बालबालिका सम्बन्धी तालिम एवं अनुसन्धान गर्दै आएका अनल नेपाल भन्छन् ‘यो कुनै रोग होईन, हजारौं बालबालिका मध्य एक जनामा यस्तो अनौठो समस्या देख्न सकिन्छ ।’ नेपालमा यस प्रकारका समस्या भएका बालबालिका वा युवाहरुको संख्या कति छ भन्ने कुराको तथ्यांक सरकारी वा गैर सरकारी निकायसंग नभएको उनले बताए ।
संख्यामा थोरै देखिए पनि घर, परिवार र समाजकालागि समस्या बन्दै गरेको यो बिशष्ट खालको मानवीय समस्याले पारिवारिक पीडा, नैराश्यतामा बृद्घि र सामाजिक उत्पादनमा कमी ल्याउने समाजशास्त्रीहरुको भनाई छ । सह प्राध्यापक मुकुन्द लम्सालका अनुसार ‘यो अत्यन्त जटिल र संबेदनशील समस्यालाई सामुहिक तवरले समाधान गर्न लागि पर्न जरुरी देखिन्छ । त्यसैकारण यस प्रकारका बालबालिका र युवाहरुलाई हेरचाह गर्न, स्वभाव र आनीबानीमा सुधार ल्याउन तालिम र प्रशिक्षण एक मात्र उपाय ठहराईएको छ ।’ नेपाली बालबालिका र तिनका अविभावकहरुलाई तालिम दिन अष्टे«लियन सरकारले सघाउन थालेको छ । नेपाल सरकार र स्थानीय निकायले यस प्रकारका कार्यमा सघाउनु पर्ने समितिका पदाधिकारीको माग छ ।
दिशा पिसाव तर्काउन नसक्ने, आफनै हातले खाना खान नसक्ने आफनो बच्चाको तालिम पछि आनी–बानीमा सुधार आएकोमा खुशी ब्यक्त गर्दै कार्य समितिकी सदस्य सम्झना पराजुली बताउछिन् ‘बेलैमा यो समस्या समाधान गर्न लागि पर्ने हो भने यस प्रकारका बालबालिकाबाट बाबुआमाले धेरै दुःख झेल्नु पर्दैन ।’ धेरै जसो आर्थिक समस्या भएका अविभावकहरुलाई यस्तो प्रकारका बालबच्चा बारे ज्ञान कम हुने गरेको छ । सम्पन्न घरपरिवारका आमाबाबुहरुले आफनो बच्चाको कमजोरी बाहिर ल्याउन ईज्जत जाने गलत सोंचाईको कारण समस्या झेल्नु परेको अनुसन्धानले बताएको छ । यो बिकलााङ्गता कसैको सबलता वा दुर्वलताको कारण संग जोडेर हेर्न नमिल्ने तर्क प्राध्यापक लम्सालको छ ।

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १०:१४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...