back
CTIZAN AD

दुर्घटनामा परी एकको मृत्यु

वि.सं.२०७५ फागुन २१ मंगलवार

609 

shares

२१ फागुन, काठमाडौ । काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनान्सत्तरी हजार डलरसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा सोमबार बैंकक जान लागेका उनीहरुलाई परीक्षण गर्ने क्रममा अवैधरुपमा लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुमध्ये खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ फागुन २१ मंगलवार १४:५२ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...