back
CTIZAN AD

अशोक र एआरले जिते बाजुराका दर्शकको मन

वि.सं.२०७५ फागुन २६ आइतवार

831 

shares

२६ फागुन, बाजुरा ।   उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो ।

परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुति शुरु गरेका थिए । गाउँदा, नाच्दा र संवाद बोल्दा दर्शक मख्ख देखिन्थ्ये । मनविनाको धन ठूलो कि धनविनाको मन र आमाभन्दा राम्री कोही छैन संसारमै बोलको गीत गाउँदा दर्शक शान्त बनेका थिए ।

लाग्थ्यो दर्शक गीतको सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराइमा डुबेका थिए । सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका देखिन्थे । गीत गाउँदा बीचबीचमा टङ्क बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतिका लागि तीनै एकसाथ मञ्चमा देखिए पनि अशोक र एआरले नै दर्शकको मन जिते ।

अशोक र एआरको प्रस्तुति हेर्न तीन दिनदेखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला संस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए ।

कार्यक्रम फागुन २३ गतेबाट शुरु भई शनिबार सम्पन्न भएकोे छ । तेस्रो दिन अशोक, टङ्क र एआरसहित अमृता लामिछाने र मोडल दिव्यानी बोहराले पनि प्रस्तुति दिएका थिए । अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो । कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए ।

मदिरा नष्ट

बाजुराको धुलाचौरमा रहेको अस्थायी प्रहरी पोष्टले तीन पेटी गुणस्तरहीन मदिरा बरामद गरी नष्ट गरेको छ । खच्चडबाट बोकेर मुगुको खत्याड गाउँपालिका लैजाँदै गरेको अवस्थामा दिवाना नामक गुणस्तरहीन तीन पेटी मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मुगुका दलचन्द्र थापाले चामलको बोराभित्र लुकाएर मदिरा मुगु लैजाँदै गरेका थिए । कोल्टीबाट मुगु जाँदै गर्दा प्रहरीको गस्ती टोलीले सुराकीका आधारमा बरामद गरेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । दशैँपछि बाजुरामा अहिलेसम्म चार हजार अवैध घरेलु मदिरा र गुणस्तहीन रक्सी बरामद गरी नष्ट गरिएको प्रमुख भाटले बताए ।

वि.सं.२०७५ फागुन २६ आइतवार ०९:२० मा प्रकाशित

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...