back
CTIZAN AD

यौन उत्पीडनको आरोपमा अमेरिकामा नेपाली युवा पक्राउ, उनीमाथि १५ अभियोग

वि.सं.२०७५ फागुन २६ आइतवार

681 

shares

२६ फागुन, अमेरिका । यौन उत्पीडनको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् ।
अमेरिकाको न्यू ह्याम्पसायरमा रहने ३६ वर्षीया दर्पण किरात राइमाथि यौन उत्पीडिनको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको हो । उनीमाथि १५ वटा अभियोग लागेको छ । राईले चक्कु देखाएर यौन आक्रमण गरेको आरोप पीडित युवतीको छ ।
उनलाई १५ वटा अभियोग लगाइएको छ । उनी न्यूह्यामशायरको कन्कोर्ड जिल्ला अदालतमा गत मार्च ६ तारिखमा हाजिर भएका थिए । उनीमाथि दर्जनौ अपराधिक मुद्धा लगाईएको छ भने उनले पीडितको अनुमति बिना यौन दुब्र्यबहार गरेको समयमा तस्बिर खिच्ने गरेको  अदालतमा न्यायाधिश समक्ष ती युवतीले गरेकी छन् ।

पक्राउ परेपछि पहिलोपटक उनी अदालतमा हाजिर भएका थिए । उनलाई यौन दुब्र्यबहारको उत्तेजित दुराचारको आरोपमा १५ वटा अभियोग लगाइएको छ । उनलाई एकै महिलालाई एक दशकको अवधिसम्म पटक–पटक बलात्कार गरेको आरोप छ ।

न्यायाधिशलाई शहरका वादीको अनुरोधमा न्यायाधिशले राइको थुन्ने परीक्षणलाई बिचाराधिनको लागी आदेश दिएका थिए । राइलाई मेरिम्याक काउन्टी कारागारमा थुनिएको थियो । उक्त समयमा उनीसँग उनका नभएको बताइएको छ ।

पीडित युवती स्टेभन एनड्रेसले भने अनुसार  राइलाई अझ बढी खतरा हुनेछ । किनकी उनले  प्राथमिक बिद्यालय देखिनै दुब्र्यबहार गरेको ती युवतीले बताएकी थिइन् ।

उनलाई कन्कर्ड तथा बर्रिंगटनका प्रहरीले युएस मार्सल कार्यालयको सहयोगमा रोचेस्टरमा मंगलबार बिहानलाई पक्राउ गरि हिरासतमा लिइएको हो । प्रहरीले उनको घर घेराउ गरेर पक्राउ गरिएको हो ।
अभियुक्त संग पीडितका तस्बिर रहेको र उनले त्यहि तस्बिरको लागी पीडितसँग बिगतमा ब्लाक मेल गर्ने गरेको बताइएको छ । राइले ती युवतीलाई सन् २००८ देखि २०१७ सम्म यौन दुब्र्यबहार गरेका थिए । एक पटक उनलाई ठूलो चक्कु समेत देखाएको पीडित युवतीले बताएकी छिन् । राइ अमेरिका छोडेर नेपाल जाने तयारीमा रहेको बताइएको छ । प्रहरी विभागमा उनलाई राहदानी छोड्न आदेश दिइएको बताइएको छ । यदि उनको अपराधी ठहर भएमा २० बर्ष कारागार हुने छ ।

राई बिगतमा पनि घरेलु हिंसामा प्रकाउ परेका थिए । अदालतको अभिलेख अनुसार गत बर्ष सेप्टेम्बर २०१८ मा पनि उनलाई ३० दिन थुनामा राखिने आदेशलाई खारेज गर्दै २ बर्षसम्म राम्रो ब्यबहार गर्ने र देखाउने भनि उनलाई छोडिएको थियो ।
समाचार स्रोत स्कन्कर्ड मोनिटर डटकम

https://www.concordmonitor.com/Concord-police-sexual-assault-Rochester-man-arraignment-23934135

वि.सं.२०७५ फागुन २६ आइतवार ०९:२९ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...