
२७ फागुन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपियस) अन्तगर्थत कोरियाले जेठ अन्तिम साता भाषा परीक्षा गर्नेगरी नेपाललाई १० हजार ५० संख्यामा कामदार कोटा निर्धारण गरेको छ ।
१० औं भाषा परीक्षामार्फत् यो वर्षका लागि १० हजार ५० नेपाली युवा माग गर्ने गरी जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।
कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परिक्षार्थीलाई उर्तीण गर्ने वैदेशिक रोजगार विभाग ईपियस शाखा नेपालले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले यसअघि कोरियाली पक्षलाई नेपाली युवालाई कोरियाको रोजगारीमा प्राथमिकता दिन अनुरोध गरेका थिए ।
सोमबारको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २७ सोमवार ०७:३० मा प्रकाशित





























