back
CTIZAN AD

 सांसदको प्रश्न–‘अस्पतालमा रुई र सुई छैन के यहि हो समृद्धि?’

वि.सं.२०७५ फागुन २७ सोमवार

552 

shares

२७ फागुन, काठमाडौं । प्रदेश नम्बर ५ को जिल्ला अस्पतालमा रुई र सुई नभएको समाचार आएपछि सांसदले यस विषयमा प्रश्न उठाएका छन् ।
प्रदेश नं ५ की सासंद तारा जिसीले प्रदेश ५ को प्रदेशसभा बैठकमा सरकारी अस्पतालमा उपचारका लागि आवस्यक औषधि र सेवा नभएको प्रश्न उठाएकी हुन् ।
उनले संसदमा सम्बोधन गर्दै मन्त्रीहरुले ५ नम्बर प्रदेश समृद्धिमा अगाडि बढेको भनिरहेको बेला त्यस्तो नेदखिएको भन्दै प्रदेशसभामा बोलेकी हुन् । उनले भनिन्, ‘सभामुख महोदय, विभिन्न कार्यक्रममा मन्त्रीज्यूहरुले ५ नम्बर प्रदेश आर्थिक समृद्धितिर अगाडि बढिरहेको छ भन्नहुन्छ, तर हामीले त्यस्तो देखेका छैनौं । यहाँहरुलाई उदाहरण दिउँ पाल्पाको हस्पिटलमा रुई र सुई एक वर्ष सम्म पुगेको छैन । हस्पिटलमा बिभिन्न ठाउँबाट बिरामी आउछन् । तर, रुई र सुई समेत नदिँदा तिनीहरुले सहजरुपमा सुविधा उपलब्ध गराउन सकेका छैनन् । गुल्मी लगायतका कयौ अस्पतालमा एम्बुलेन्स समेत छैन । बिरामी परेमा सरकारी एम्बुलेन्स नहुँदा व्यक्तिगत रुपमा विरामी अस्पताल पुग्नुपर्ने अवस्था छ, के यहि हो सरकारले ल्याएको समृद्धि ? सोमबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ फागुन २७ सोमवार ०७:४९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...