
२७ फागुन, काठमाडौ । ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान सुविधाबापत लिएको कुटनीतिक राहदानी रातो पासपोर्ट बुझाएका छैनन् ।
चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्धा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृतसमेत गरिसकेकी छन् । तर आयुक्त पदबाट हटेको महिना दिन बित्न लाग्दा पनि पाठकले रातो पासपोर्ट फिर्ता नगरेको पाइएको हो । राहदानी फिर्ता नगरेपछि पाठकलाई सरकारले विदेश जानसमेत अघोषित प्रतिबन्ध लगाएको छ ।
अनुसन्धानको दायरामा भएका कारण पाठकमाथि सरकारले विशेष निगरानी राखेको छ । उच्चस्रोतका अनुसार बानेश्वर, खरीबोटस्थित निवास वरपर सादा पोशाकमा सुरक्षाकर्मीले पाठकको निगरानी गरिरहेका छन् । सोमबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २७ सोमवार ०७:५० मा प्रकाशित






























