२७ फागुन, काठमाडौ । वैदेशिक रोजगारीका क्रममा ठगिनेको उजुरी अबदेखी पीडिततले बसोबास गरेको जिल्ला प्रशासन कार्यालयमा दिन सक्ने भएको छ ।सरकारले केही नेपाल ऐन संशोधनमार्फत वैदेशिक रोजगार ऐन २०६४ का कतिपय बुँदा संशोधन गरी पीडित बसोबास गरेकै जिल्ला प्रशासन कार्यालयमा पीडकविरुद्ध क्षतिपुर्ती र कारबाहीका लागि उजुरी दिन सक्ने व्यवस्था मिलाएको हो ।
बैदेशिक रोजगार ऐन २०६४ मा पीडित जुन जिल्लाको भए पनि ठगीमा परेको खण्डमा वैदेशिक रोजगार विभागमा मात्र उजुरी दिन पाइने व्यवस्था थियो । सोही कानुनी प्रावधानका कारण वैदेशिक रोजगारीको क्रममा पीडित भएर ग्रामीण भेकमा बसोबास गर्दै आएका व्यक्तिहरुलार्य न्याय प्राप्तीमा अप्ठेरो हँुदै आएको थियो । सोमबारको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २७ सोमवार ०८:०२ मा प्रकाशित






























