back
CTIZAN AD

इथियोपियन जहाज दुर्घटनामा नेपाली चेलीको पनि मृत्यु

वि.सं.२०७५ फागुन २७ सोमवार

795 

shares

२७ फागुन, काठमाडौं । आइतबार भएको इथियोपियन विमान दुर्घटनामा परेर नेपाली चेलीको मृत्यु भएको छ ।
इथियोपियाको राजधानी आदिस आबाबाबाट केन्याको नैरबीतर्फ उडेको इथोपियन एयरलाईन्सको बोइङ ७३७ विमान आइतबार दुर्घटमा पर्दा जहाजमा सवार १४९ यात्रुको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा नेपाली चेली एकता अधिकारीको पनि मृत्यु भएको नेपाली दूतावास इजिप्टले जानकारी दिएको छ ।
उडेको ६ मिनेटमै भएको उक्त विमान दुर्घटनामा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिले यात्रा गरेको युथोपियन एयरलाईन्सले जनाएको छ ।

सोहि विमानमा यात्रा गरिरहेकी विश्व खाद्य कार्यक्रम अन्तर्गत युथोपियामा कार्यरत गोरखाकी एकता अधिकारी पनि उक्त दुर्घटनामा परेको नेपाली दूतावास इजिप्टले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा ३२ जना केन्या, क्यानडाका १८, अमेरिकाका ८ , इजिप्टका ६ ,चीनका ८ ,इथोपियाका ९ ,नेदरल्याण्डका ५ ,बेलायतका ७ ,रुसका ३ ,फ्रान्सका ७ , इटालीका ८ गरी ३३ देशका नागरिकहरु रहेको बताइएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको बोइङ ७३७ व्यवसायिक हवाई जहाज स्थानीय समय अनुसार विहान ८ ३८ मा उडेको तर दुर्घटना ८ बजेर ४४ मिनेटमा भएको थियो । विमानमा चालक दलका ८ जना र १ सय ४९ यात्रु रहेका थिए ।

इथियोपियन बिमान दुर्घटनामा १ नेपाली परेको आशंका

वि.सं.२०७५ फागुन २७ सोमवार ०८:०७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...