
१ चैत्र, बाँके । नेपालगन्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमान्सँग सामान्य भनाभन भयो । भोलीपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकैचोटि तलाक, तलाक र तलाक भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउदै छिन् ।
नेपालगन्ज उपमहानगरपालिका ७ की ३० वर्षीया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले हेला भनिन् । उताबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पुर्णविराम लाग्यो । सम्बन्ध विच्छेद भएको मान्दै उनी माइतीघरमै छिन् । उनले शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व सम्हालेकी छन् ।
इस्मा र नाजियाजस्ता थुपै्र मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दमै स्वीकार गर्छन । शुक्रबारको कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छन् ।
वि.सं.२०७५ चैत १ शुक्रवार ०७:३७ मा प्रकाशित





























