
१ चैत, काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किष्ट कलेजले फेल गराएको छ । आन्त्रिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सीलले अनुसन्धान गरिरहेको छ ।
पटक–पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औं ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय लिलतपुर, नेपाल मेडिकल काउन्सील र चिकित्शासास्त्र अध्ययज संस्थान (आइओएम) मा हस्ताक्षरसहित न्याय माग्दै उजुरी दिएका थिए । अतिरिक्त शुल्क नदिने कलेजले चेतावनी दिएकाले हस्थक्षेपका लागि जिल्ला प्रशासन गुर्हानु परेको उनीहरुको भनाई छ । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ चैत १ शुक्रवार ०७:३२ मा प्रकाशित






























