
१ चैत, काठमाडौं । ‘गिट्टी बीक्रि भएको दिन खान पाइन्छ नत्र भोकै बस्नुपर्छ, छोरीलाई जेनतेन गरेर खुवाइ हाल्छु, कहिँलेकाँही खालीपेटमै औषधि खानुपर्छ’ एचआइभी संक्रमित बिस्ना साउदको दुःखेसो हो यो । उनको घर अछामको चौरपाटी गाउँपालिका १ सिउडी हो । साफेँबगर नगरपालिकाको छिपखोलामा गिट्टी कुटेर गुजारा चलाउँनुको विकल्प छैन उनीसित ।
आठ वर्ष अघि एचआइभीका कारण श्रीमान्को मृत्यु भएपछि बिस्नाको बिचल्ली भएको छ । सासु ससुराले उनलाई घरमा बस्न दिएनन् । श्रीमान् मर्नुको दोष बिस्नामाथि थुर्पार्दै डेढ वर्षको छोरीसहित उनलाई घरबाट निकालिदिए । छोरीलाई काखमा च्यापेर गिट्टी कुटेर जिविकोपार्जन गर्छिन् बिस्ना ।
शुक्रबारको अन्नपूर्ण दैनिकमा अछामबाट गीता कुँवरले लेखेकी छन् ।
वि.सं.२०७५ चैत १ शुक्रवार ०७:५६ मा प्रकाशित





























