
१ चैत्र, म्याग्दी । जिल्लास्थित एक गाउँपालिकाले मुलुकमै पहिलो गाउँपालिका अध्यक्ष जोडेर सबैका लागि आधारभुत आवास कार्यक्रम सार्वजनिक गरेको छ ।
रघुगंगा गाउँपालिकाले सबै ८ वटा वडाका सुकुम्बासी तथा विपन्नका लागि आवास कार्यक्रम सन्चालन गर्न गाउँपालिकाका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम लागु गरेको हो ।
संविधानले आधारभुत आवासलाई मौलिक हकका रुपमा राखेको तथा स्थानीय सरकार सन्चालन ऐन ०७४ दफा ११ (४) को कानुनी व्यवस्थाअनुसार सुकुम्बासी आवास कार्यक्रम थर्न लागिएको रघुगंगा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र केही आफन्त नभएका वृद्धवृद्धा, अपांगता भएका व्यक्तिको घर चुहिने र भत्किने खालका छन् । अति प्रभावित परिवारको घरमा छाना हाल्ने लक्ष्य हो, गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, सुरक्षित आवासमा बस्न पाउने नागरिकको मौलिक अधिकार पनि हो । त्यसैले पहिलो चरणमा सुकुम्बासी र घरबारविहीनसमेतको लगत योजनामा छौ । शुक्रबारको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।
वि.सं.२०७५ चैत १ शुक्रवार ०७:५६ मा प्रकाशित






























