back
CTIZAN AD

बस दुर्घटनामा सोह्रको मृत्यु, अठ्ठाइस घाइते

वि.सं.२०७३ कात्तिक २१ आइतवार

954 

shares

२१ कात्तिक, नयाँ दिल्ली (भारत) । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा यसमा सवार १६ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् ।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरकोे लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएकोे प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए ।

उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने केहीलाई सख्त घाइते अवस्थामा अस्पताल पठाइएकाले मृतक सङ्ख्या यो भन्दा बढ्न सक्ने उनले बताए ।

घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइ सकिएको प्रहरीले बताएको छ ।

भारत सडक दुर्घटनाका कारण विश्वकै धेरै मानिसको ज्यान अकालमा गुमाउने मुलुकमध्ये एक हो । भारतीय सरकारी तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष एक लाख ३० हजार मानिसले कमजोर सडक संरचना, अत्यधिक गतिमा र मध्यपानको सेवन गरी ड्राइभिङ गर्ने गरेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:४९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...