Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

बस दुर्घटनामा सोह्रको मृत्यु, अठ्ठाइस घाइते



२१ कात्तिक, नयाँ दिल्ली (भारत) । उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा यसमा सवार १६ जनाको मृत्यु भएको भारतीय उच्च प्रहरी अधिकारीले बताएका छन् ।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरकोे लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएकोे प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए ।

उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा १६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने केहीलाई सख्त घाइते अवस्थामा अस्पताल पठाइएकाले मृतक सङ्ख्या यो भन्दा बढ्न सक्ने उनले बताए ।

घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाइ सकिएको प्रहरीले बताएको छ ।

भारत सडक दुर्घटनाका कारण विश्वकै धेरै मानिसको ज्यान अकालमा गुमाउने मुलुकमध्ये एक हो । भारतीय सरकारी तथ्याङ्कअनुसार भारतमा प्रत्येक वर्ष एक लाख ३० हजार मानिसले कमजोर सडक संरचना, अत्यधिक गतिमा र मध्यपानको सेवन गरी ड्राइभिङ गर्ने गरेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।