back
CTIZAN AD

मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने

वि.सं.२०७५ चैत ५ मंगलवार

690 

shares


५ चैत, काठमाडौं, । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न सरकारले गरेको सहजीकरणलाई पछ्याउँदै मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् ।

नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । पूँजीगत आधार बलियो बनाउन, उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी व्यवसाय विस्तार गर्न र शेयरको बुक भ्याल्यू अभिवृद्धि गर्न आफूहरू गाभिन लागेको ती बैंकले जनाएका छन् ।

ती बैंक गाभिई प्रदेशस्तरको विकास बैंक बन्ने र हकप्रद शेयर बिक्री गरेर राष्ट्रियस्तरको विकास बैंक बन्ने लक्ष्य राखेको छ । बैंक गाभिएपछि त्यसको साझा नाम भने तिनाउ मिशन डेभलपमेन्ट बैंक हुनेछ । केन्द्रीय कार्यालय बुटवलमा रहनेछ । मिशन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेका अनुसार दुई विकास बैंक एक आपसमा गाभिने भएकाले तत्कालका लागि शेयर कारोवार पनि रोकिएको छ ।

वित्तीय संस्थाहरू एक आपसमा गाभिने प्रक्रिया शुरु भएपछि नेपाल राष्ट्र बैंकले लिएको बैंक तथा वित्तीय संस्था घटाउने नीतिलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ । केन्द्रीय बैंकको नीतिअनुसार राष्ट्रियस्तरको विकास बैंकका लागि रु दुई अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्छ भने प्रदेशस्तरको विकास बैंकका लागि रु एक अर्ब २० करोड बराबरको चुक्ता पूँजी हुनुपर्छ ।

वि.सं.२०७५ चैत ५ मंगलवार ०८:५५ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...