back
CTIZAN AD

सिन्धुलीका ४८ परीक्षार्थी एसइई दिन वञ्चित

वि.सं.२०७५ चैत ५ मंगलवार

582 

shares

५ चैत, सिन्धुली ।  यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ एसइई मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए ।

प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए । प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन् ।

यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार-चार विद्यार्थी र प्राय धेरै विद्यालयबाट एक-दुई रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन् । कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारलाई नै केन्द्र मानेर कारागारबाटै परीक्षा दिने गजुरेलले जानकारी दिए । जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्र्गत कारागारमा नै परीक्षा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सिन्धुलीमा गर्त वर्षको तुलनामा २२१ विद्यार्थीको संख्या यस वर्ष कमी रहेको छ । सिन्धुलीमा गत वर्ष पाँच हजार ७१५ छात्रछात्राले एसइई परीक्षा दिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ । नजिकै देखिए पनि भौगोलिक हिसाबले टाढा हुँदा सबैलाई सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ । उत्तरपुस्तिका प्रहरी कार्यालयमा रहेको र सम्बन्धित केन्द्राध्यक्षले लैजाने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।

यसैबीच एसइई परीक्षालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न यही चैत ८ गते सबै केन्द्राध्यक्षलाई अभिमुखीकरण दिइने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । जिल्लाभरका १३४ विद्यालयबाट परीक्षामा सहभागी हुने छात्रछात्रालाई पायक पर्ने स्थानमा २६ परीक्षा केन्द्र तोकिएको र यस वर्ष परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।

वि.सं.२०७५ चैत ५ मंगलवार ०९:०७ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...