
५ चैत, काठमाडौं । नेपालको निजामति प्रशासन एउटा यस्तो पात्र भेटिएका छन् । जस्ले पटक–पटक बढुवाको अवसर पाउँदा पनि तल्लै पदमा बस्न मन पराउँदै आएका छन् ।
निजामति सेवामा प्रतिश्पर्धीहरुलाई पछारेर र नेता तथा प्रशासनको दैलो चाहारेर जसरी पनि माथिल्लो पद हत्याउने अभ्यास हुँदै आएका छन् । समाचारका अनुसार ३ पटक सम्मको अवसरलाई लत्याएर सचिव पदमा जानै नमान्ने एक प्राविधिक सहसचिव चर्चामा आएका छन् ।
समाचारमा भनिएको छ, ‘माथिल्लो पदमा जान रुचि नराख्ने सहसचिव अरु कोही नभएर सडक विभागको नेतृत्व गरिरहेका वर्तमान महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ हुन् । मंगलबार प्रकाशित दृष्टि साप्ताहिकका अनुसार आर्थिक दृष्टिले सडक बिभागको महानिर्देशक पद आकर्षक मानिन्छ । समाचारका अनुसार रविन्द्रले रुची नगरेपछि यो पटक माधव बेल्वासेले सचिव हुने अवसर पाएका छन् ।
वि.सं.२०७५ चैत ५ मंगलवार ०९:१३ मा प्रकाशित






























