back
CTIZAN AD

११ करोडको फूल आयात, फ्लोरा एक्स्पो हुँदै

वि.सं.२०७५ चैत ५ मंगलवार

663 

shares


५ चैत, काठमाडौ । अन्य वस्तु झैँ नेपाल फूलमा पनि आत्मनिर्भर हुन सकेको छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात गरिएको थियो ।

यसैबीच काठमाडौँको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ आयोजना हुनेभएको छ । देशका विभिन्न स्थानमा उत्पादन भएका फूल तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन विस्तार, नयाँ प्रविधिको अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले सो मेलाको आयोजना गरिएको हो ।

‘फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)’ को आयोजनामा हुन लागेको उक्त महोत्सवमा मौसमी फूल, आलङ्कारीक बोटविरुवा, कट फ्लावर, ट्राइ फ्लावर, सुनाखरी कम्पोष्ट मल, फूलको गानो, वीउविजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादीका गरी ८४ विक्री कक्ष रहनेछन् । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ हुन लागेका सो महोत्सवको ५० लाख व्यक्तिले अवलोकन गर्ने तथा रु ६० लाखको कारोबार हुने अनुमान आयोजकको छ ।

नेपालमा फूललखेती व्यावसायिक रूपमा गर्न थालेको अढाइ दशक वितेको छ । विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरुभएको फूलव्यवसाय आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ७०० फूल व्यवसायी छन् । लगभग तीनहजार ६० रोपनीमा फूल खेती हुँदै आएको छ भने ४३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा पुष्पखेती वार्षिक १५ प्रतिशतले वृद्धि भइरहेको छ । आव २०७४/७५ मा रु दुई अर्ब २५ करोडको व्यावसायिक कारोवार भएको थियो । सोही वर्ष रु ११ करोडको आयात र रु दुई करोड ३७ लाखको निर्यात भएको थियो ।

वि.सं.२०७५ चैत ५ मंगलवार ०९:१३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...