back
CTIZAN AD

काभ्रेमा गोली हानाहान, दुई गिरफ्तार !

वि.सं.२०७५ चैत ६ बुधवार

831 

shares

६ चैत, काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी दुई व्यक्तिलाई गिरफ्तार गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिए । उनले भने, “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति÷हताहती केही भएको छैन ।”

जवाफी फायरिङपछि भाग्ने क्रममा नेकपा विप्लव मुहका दुई कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको बताए । उनले भने, “सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएको र दुई जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ।”

वि.सं.२०७५ चैत ६ बुधवार ११:११ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...