back
CTIZAN AD

दश मिनेट मै सम्भब छ राजधानी सफाई

वि.सं.२०७५ चैत ६ बुधवार

666 

shares

६ चैत्र, काठमाडौं । नेपालको राजधानी सहर विश्वका प्रदुषित र फोहोर शहरहरु मध्ये अग्रस्थानमा नै पर्दछ । फोहोरको ब्यबस्थापन गर्न सरकारले अरबौं रुपैयाँ खर्च गर्दा पनि सहि ढंगले ब्यबस्थापन गर्न सकिरहेको छैन । पछिल्लो समय त मानब सृजित फोहर र धुलोका कारणले यहाँको जनजीवन झनै आक्रान्त बनेको छ । यस्तो अबस्था बेहोरीरहेका मानिसको जनजीवनलाई सन्त्वना दिनका लागि काठमाडौं महानगरले करोडौं खर्च गरेर धुलो उठाउने ब्रुमरको प्रयोग गरिरहेको छ । हालसालै पनि महानगरले धुलो उठाउन भन्दै केहि ब्रुमरहरु थप गरेको छ । तर बिज्ञहरुका अनुसार महानगरले गरेको यो प्रयास सफल हुने देखिंदैन । तर महानगरले बुद्धि पुर्याउने हो भने केवल दश मिनेट मै कम खर्चमा राजधानी सहरलाई सफा बनाउन सकिन्छ । यसका लागि भने महानगरले केहि कडा कानुन र आधुनिक प्रबिधिको प्रयोग गर्नु पर्ने हुन्छ ।

ब्यपारीहरुले पसल खोल्नुभन्दा अगाडी सफा गर्दा निस्किएको धुलो तथा फोहोर सडक तथा नालीमा फाल्ने गरेको र त्यो फोहर बर्षाको पानीले बगाएर लैजाने गरेका कारण ढलजाम हुने गर्छ र न्यूरोड क्षेत्रमा अधिक मात्रामा सुन पसलहरु भएकोले त्यसमा सुन पनि हुने गरेकाले मानिसहरुले त्यसरी हारालुछ गर्ने गरेको पाइयो ।

कसरी बढी राखेकोछ त फोहोर?

राजधानी लगायतका सहरहरुमा जनसंख्याको चाप उच्च भएका कारण पनि फोहर बढ्ने कुरा छंदैछ त्यसमा पनि सहरी क्षेत्रमा बरोबास गर्ने मानिहरुको सौखिन पनले गर्दा मानिसहरु बढी नै अटेरी गर्ने भएकाले पनि यो समस्या निम्तिएको हो । उदाहरणका लागि राजधानीको न्यूरोड क्षेत्रमा ढल सफाई गर्ने ठेकेदारको आँखा छलेर ढलबाट निकालिएको फोहोर लैजानलाई तँछाड मछाड र कुटाकुट भएछ, किन त्यस्तो भएकोहोला भन्दा त्यो फोहोरमा सुन पाइन्छ भनेर त्यस्तो भएको स्थानियको भनाइ पाइयो । त्यहाँ कसरी सुन पाइन्छ त ? त्यो क्षेत्रमा ब्यबसाय गर्ने ब्यपारीहरुले पसल खोल्नुभन्दा अगाडी सफा गर्दा निस्किएको धुलो तथा फोहोर सडक तथा नालीमा फाल्ने गरेको र त्यो फोहर बर्षाको पानीले बगाएर लैजाने गरेका कारण ढलजाम हुने गर्छ र न्यूरोड क्षेत्रमा अधिक मात्रामा सुन पसलहरु भएकोले त्यसमा सुन पनि हुने गरेकाले मानिसहरुले त्यसरी हारालुछ गर्ने गरेको पाइयो । यो समस्या राजधानीको लगभग सबै ठाउमा देखिन्छ । ब्यबसाय गर्ने लगभग सबै मानिसहरुले आफ्नो पसलबाट निस्किएको फोहोर फाल्ने एक एकमात्र ठाउँ सडक नै हो । त्यति मात्र हैन सहरमा खुलेका बिभिन्न शिक्षासंग सम्बन्धि संस्थाहरु फोहोर गर्नमा अग्रणी देखिन्छन । ती संस्थाहरुले प्रचार प्रसारका नाममा गर्ने फोहरका कारण बर्षातका बेल राजधानी उपत्यककाका बिभिन्न ठाउँमा ढल थुनिएर सडक नै जलमग्न हुने गरेको छ ।

कसरी गर्ने त सफाई ?

 

सहरका बिभिन्न ठाउँमा बाक्लो गरि सिसि क्यमरा जडान गर्ने र फोहर गर्ने मानिसलाई सिसि क्यमराको फुटेजको सहायताले जरिवाना तिराउने हो भने सहरमा हुने फोहरको ७५ प्रतिशत ब्यबस्थापन हुने देखिन्छ । यस्तो तरिका बिकसित देसशरुमा अभ्यास भैरहेको विज्ञहरुको भनाई छ ।

राजधानी लगायतका सहरी इलाकाहरुमा हुने फोहोर मध्ये ९५ प्रतिशत मानब निर्मित हुन्छन । त्यहि मानब निर्मित फोहरलाई स्वयं मानिसले जथाभावी फाल्दा फोहर बढेको हो । यसलाई ब्यबस्थापन गर्ने सजिलो तरीका छ । सबै भन्दा सजिलो तरिका काठमाडौंमा बस्ने र ब्यापार ब्यबसाय गर्ने सबै मानिसहरुले आफ्नो घर पसल अगाडीको फोहर र धुलोलाई सडकमा फाल्नुको सट्टा उठाएर आफैं राख्ने । यसरी राखिएको धुलोलाई संकलन गर्नलाई मात्र महानगरले समयमा नै पर्याप्त गाडिको ब्यबस्था गर्ने । महानगरपलिकाले ब्रुमरमा लगानी गर्नु भन्दा सिसि क्यामरा र जनचेतनामा खर्च गर्नु उचित देखिन्छ । यसो गर्दा सफाइका नाममा न कुनै भिड नै जम्मा गरिराख्नु पर्छ न ट्राफिक ब्यबस्थापन नै अस्तब्यस्त हुन्छ । सहरका बिभिन्न ठाउँमा बाक्लो गरि सिसि क्यमरा जडान गर्ने र फोहर गर्ने मानिसलाई सिसि क्यमराको फुटेजको सहायताले जरिवाना तिराउने हो भने सहरमा हुने फोहरको ७५ प्रतिशत ब्यबस्थापन हुने देखिन्छ । यस्तो तरिका बिकसित देसशरुमा अभ्यास भैरहेको विज्ञहरुको भनाई छ । बाँकी २५ प्रतिशत फोहर निर्माणका क्रममा हुने गरेको हुनाले निर्माण कार्य गर्नेलाइ नै फोहर तथा धुलोको ब्यबस्थापन गर्नको लागि जिम्मेवार बनाउने हो भने राजधानीको मुहार एकै दिनमा फेर्न सकिन्छ । त्यसका लागि मानिसले केवल आफ्नो घर तथा पसल अगाडी सफाइ गर्दिए मात्र पुग्छ ।

वि.सं.२०७५ चैत ६ बुधवार १२:३७ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...