७ चैत, काठमाडौ ।२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनका पर्सनल सेक्युरिटी अफिसर पिएसओ थिए– नेपाल प्रहरीका डिएसपी प्रेमबहादुर गुरुङ । उनी भारतीय सेनाको जागिर छोडेर कांग्रेसले सन्चालन गरेको राणविरोधी सशस्त्र आन्दोलनमा मुक्तिसेनाका लडाकु थिए ।
राणा शासन अन्त्यसँगै लडाकु समायोजन क्रममा गुरुङ २००७ सालमै नेपाल प्रहरीमा जोडिन पुगे । २०१५ सालमा बिपी प्रधानमन्त्री बने । लगत्तै बिपीकै आग्रहमा आइजीपी ढुण्डीराज शर्माले डिएसपी गुरुङलाइए प्रधानमन्त्रीको अंगरक्षकमा खटाएको जानकार बताउँछन् । गुरुङको चार वर्षअघि ९६ वर्षको उमेरमा निधन भइसकेको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकटता भएकै कारण १२ वर्षसम्म महेन्द्र मरासीनी पिएसओका रुपमा खटिए । २०५४ सालदेखि २०६६ चैत कोइरालाको निधन हुँदासम्म मरासिनी अंगरक्षककै रुपमा रहे । उनी अहिले नेपाल प्रहरीमा डिएसपी छन् । बिहीबारको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
वि.सं.२०७५ चैत ७ बिहीवार ०७:१८ मा प्रकाशित






























