
७ चैत, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारेमा कथित उपल्लो जातका दाजुभाइले दलित महिलालाई मोसो दलेर कुटपिट गरेका छन् । स्थानीय ३० वर्षीया शारदा बराइलीलाई मंगलबार सार्वजनिक ठाउँमा छिमेकी पारस लिम्बु र उनका भाइ फिफराज लिम्बुलगायतको समुहले मोसो दलेर कुटपिट गरेको हो । पारस र फिफराजको कुटाइबाट घाइते शारदाको विराटनगरस्थित विराट नर्सीङहोममा उपचार भइरहेको छ ।
सुरुमा पथरीकै मोरङ अस्पताल लगिए पनि चिकित्सकले रिफर गरेका थिए । उनलाई रिँगटा लाग्न,े वान्ता हुने, टाउको झन्झनाउने समस्या देखिएको छ । छिमेकीको सहयोगमा उनको उद्धार भएको थियो । शारदाका श्रीमान् विक्रम वैदेशीक । रोजगारीमा छन् । घरमा १४ र १२ वर्षका दुई छोरा मात्र छन् । बिहीबारको नयाँपत्रिका दैनिकबाट ।
वि.सं.२०७५ चैत ७ बिहीवार ०७:४१ मा प्रकाशित





























