७ चैत, काठमाडौ । अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्यामा ठुलो वृद्धि भएको छ । २०१८ मा अध्ययन भिसा लिने विदेशीको संख्या अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशतले बढेको छ ।
२०१८ मा २ हजार १६ विदेशी भारतीयबाहेक ले नेपालमा अध्ययन भिसा लिएका छन् । २०१७ मा १ हजार २ सय ९७ ले यो भिसा लिएका थिए । यसरी नेपाल भित्रिनेहरु अध्ययनभन्दा अन्य गतिविधिमा संलग्न रहेको आशंका अध्यागमन विभागका अधिकारीहरुको छ । धेरैजसो धर्म प्रचारमा लागेको उनीहरुको भनाइ छ । अध्ययन भिसा लिनेको संख्या एकदमै बढेको छ, यसमा हामी पनि अध्ययन गर्दै छौ, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, उनीहरु अन्य गतिविधिमा संलग्न भइरहेका पो छन् कि भन्ने हाम्रो आशंका छ । अध्ययन भिसामा रहेका विदेशीमाथि अनुगमन बढाउन लागिएको उनले बताए । बिहीबारको नयाँपत्रिका दैनिक बाट ।
वि.सं.२०७५ चैत ७ बिहीवार ०७:५७ मा प्रकाशित





























