back
CTIZAN AD

डा.शसाङ्कको अभिव्यक्ति धर्माश्च्चर्य

वि.सं.२०७५ चैत ७ बिहीवार

672 

shares

७ चैत, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा.शसाङ्क कोइराला उहाँको आफ्नै बोलीका कारण समाचार बनीरहनु भएको छ । विगत केहि समय देखि विपी पुत्र समेत रहेका डा.कोइरालाले हिन्दु धर्म र गणतन्त्रका विषयमा बहस चलाउने प्रयास गरीरहनु भएको थियो । कति मान्छे निष्ठाले, कती प्रलोभन र कति तुच्छ दाउँले विविध मान्छेहरुले विभिन्न विषयमा बहस गर्ने गर्छन । डा.कोइराला यी मध्ये कुन कित्तामा पर्नु हुन्छ उहाँ आफैले भन्नुहोला । तर डा. कोइरालाले अभिव्यक्त गरेका पछिल्ला अभिव्यक्ति ले उहाँ स्थीर र उत्तरदायित्वपुर्ण राजनीति गर्ने नेता होइन कि भन्नेहरुलाई अझ बल पुर्याएको छ ।

अझ बुधबार होलीको अवसरमा डा.कोइरालाले सम्वाददाताहरु मार्फत सार्वजनिक गरेको अभिव्यक्ती त एउटा जिम्मेवार पार्टीको जिम्मेवार नेताका लागि पटक्कै सुहाउने विषय थिएनन् । उहाँले केहि समय देखिनै उठाउदै आएको धर्मको विषयमा जनमत संग्रहको मागलाई उहाँको निजी आवाज मानिरहेकाहरुका लागि पनि हिजोको अभिव्यक्ति पाच्य होला जस्तो लाग्दैन । नेपालको संविधान २०७२ घोषणाका लागि सक्रिय राजनेता समेत रहेका डा. कोइरालाले संविधान जारी गर्दाको नेतृत्वप्रति लक्षीत गर्दै जे अभीव्यक्ती दिनु भयो त्यसले प्रसस्त जिज्ञासाहरु उत्पन्न गरेको छ ।

के शुसील कोइराला गलत थिए ?

नेपालको संविधान २०७२ जारी गर्ने महत्वपुर्ण कार्यका नायकको रुपमा शुसील कोइरालालाई लिइन्छ । संविधान जारी गर्दा ताकाका प्रधानमन्त्री भएर मात्रै होइन,कोइरालाको निष्ठा र अनवरत सक्रियताले मात्रै संविधान २०७२ जारी हुन सकेको हो । आम नेपालीले अहिले सम्म चीनेका शुसील कोइराला निष्ठा, त्याग र राष्ट्रप्रतिको सर्मपणका अबीचल खम्बा थिए । तर पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति समेत रहेका स्व.कोइराला सहित संविधान जारी गर्दा ताकाका नेताहरुलाई डा. कोइरालाले पैसा खाएर संविधान जारी गरेको आरोप लगाउनु भएको छ । उहाँले सीधा भाषामा धर्म निरपेक्षता र गणतन्त्र संविधानमा पार्न कसैले पैसा खाएको आरोप लगाउँदा स्व. कोइराला डा.कोइरालाको आरोपबाट अछुतो रहने सम्भावना देखिदैन ।

इतिहासको रंगमन्चको ताना तानमा डा. कोइरालाले दिगभर्मीत र भएको कुहिरो भित्र कैद हुँदै गरेको कांग्रेसलाई धर्मको टर्च लाइट बालेर बाटो देखाउन खोजेको देखिन्छ । तर एउटा राजनेताले इतिहासमा महत्वपुर्ण देन दिएका राजनेताहरुलाई लान्छीत गरीरहदा त्यहि इतिहास निर्माणका एकजना सक्रिय पात्र डा. कोइराला स्वं त्यो लान्छना माथी हुनुहुन्छ कि त्यहि गन्जागोल भित्र ? थुप्रो आशांका व्यक्त गर्न सकिन्छ ।

उक्त संविधान जारी गरीरहँदा कुनै ‘ट्रम एन्ड कन्डीसन’ नराखी निसर्त समर्थन गरेका डा. कोइरालाले अहिले कसरी उक्त संविधान माथि ‘लुप होल’ देख्नु भयो ? यो आश्चर्यको विषय हो ।

धर्माश्च्चर्य

डा. शेखर कोइराला विपी पुत्र हुनुहुन्छ । विपी आफै कहिल्यै कुनै धर्म प्रति आशक्त रहेको पाइदैन । यसैले उहाँले आफ्नो कीरीया समेत नगर्न आफ्ना छोराहरुलाई अह्राउनु भयो । उहाँ आफैले पनि आफ्ना पीताको बर्खी बारेर कीरीया गर्नु भएन । विपी मात्रै होइन सींगो कोइराला परीवारको कुनै धर्म प्रति विषेश अनुराग नरहेको स्वंय कोइराला परीवारका सदस्यहरुनै बताउने गर्छन । कोइराला जस्तो धर्म निरपेक्ष परीवारको सदस्य र नेपाली कांग्रेस जस्तो धर्मनिरपेक्ष पार्टीको नेताको यो आवाजलाई पछिल्लो समय आठौ आश्चर्य मान्नु पर्ने हुन्छ ।

वि.सं.२०७५ चैत ७ बिहीवार १४:४४ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...