
७ चैत, काठमाडौ । संसारकै चर्चीत सर्च इन्जीन गुगललाई अर्को तगडा झड्का लागेको छ । युरोपीयन युनियनले गुगलले स्वस्थ प्रतिष्पर्धामा दखल दिएर अनुचीत व्यवहार गरेको भन्दै दुई खर्ब रुपीयाँ जरीवाना गरेको छ ।
युरोपीयन युनीयनले सर्च इन्जीन गुगल माथी तेस्रो पटक जरीवाना लगाउदै भनेको छ – ‘गुगलले अनलाइन विज्ञापनमा रहेको आफ्नो शक्तिशाली उपस्थितीको दुरुपयोग गरेको छ ।’ युनियनले गुगललाई सन् २०१८ मा करीब साढे चार अर्ब युरो जरीवाना गरेको थियो । यस्तै सन् २०१७ मा गुगलले युनियनलाई साढे दुइ अर्ब युरो जरीवाना तिरीसकेको छ । (एजन्सीको सहयोगमा)
वि.सं.२०७५ चैत ७ बिहीवार १४:१९ मा प्रकाशित





























