
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन’ अमेरिका शाखामा केही सदस्यहरु थप गरिएको छ । शाखामा बस्न इच्छुक व्यक्तिहरुलाई मनोनित गरिएको फाउण्डेशनका सभापति सोमनाथ घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेले प्रृस विञप्ती जारी गरी थप केन्द्रीय सदस्य मनोनीत हुनेहरुमा क्रमशः छेमागं लामा, छिरिड राप्के लामा, श्याम कार्की, प्रेम पौंडेल, राम श्रेष्ठ, सुश्रि दावा शेर्पा, बिग्यान खनाल र टेम्वा शेर्पा रहेको उल्लेख छ ।
त्यसैगरी फाउण्डेसनको कानुनी सल्लाहकार समितिमा गिरीजा गौतम सयोंजक र सदस्यमा क्रमशः उमा शाह, डा राजन पन्त र डा दुर्गा दाहाल चयन गरिएका छन् । सो समितिले अमेरिकि कानुन अनुसार फाउण्डेशनको दर्ता र बिधान सम्बन्धी परामर्श गर्दै कार्यहरु गर्ने बताएको छ। साथै अमेरिका को ५ वटै झेत्रहरुमा जिपी कोइराला फाउण्डेशनु अमेरिकाले क्षेत्रीय सयोंजकहरु पनि छिट्टै चयन गरिने बताइएको छ।
विज्ञप्तीमा भनिएको छ – गिरिजा प्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिकि शाखाको कार्य समिति मा सदस्यहरुको इच्छुकतालाई मध्यनजर गर्दै संस्थालाई अझै चुस्त र फुर्त रुपले अघि बढाउनलाई सदस्यहरु थप्न जरुरी भएको जानकारी गराऊँदै अब छिट्टै कार्यालयसमेत स्थापना गर्नेछ र अमेरिका का बिभिन्न सघं(सस्थांहरु संग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नेछ। जिपी कोइराला फाउण्डेशनु को मुल उदेश्य प्रजातन्त्र, शान्ती र बिकाश लाई आत्मसाथ गर्दै कार्यहरु अघि बढाउने र गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्ने बताइएको छ । साथै नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउदै र पर्यटन क्षेत्रको विकास गर्नसमेत राम्रो पहल गर्नेछ। ”
फाउण्डेसनसँग सम्बन्धित केही सुझाव भए ईमेल gpkfamericas@gmail.com मा पत्रचार गर्न पनि अनुरोध गरिएको छ ।
वि.सं.२०७५ चैत ७ बिहीवार १४:०१ मा प्रकाशित






























