back
CTIZAN AD

गिरीजाबाबु पछिको नेपाली राजनीति

वि.सं.२०७५ चैत ७ बिहीवार

552 

shares

आज उनै गिरीजाबाबुको उत्तराधिकारी बताउने भतिज शसांकले बाबु र काकाहरुको कुल लगानीबाट प्राप्त गणतन्त्र बारे विवादास्पद बोल्न थालेका छन् । २०७४ को चुनावले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न दिएको जनादेशबाट … धर्म निरपेक्ष, गणतन्त्र र संघीयताको जनमत संग्रह गर्न कांग्रेस तयार भएको खुलै बोलेका छन् ।

मान्छे मरेर गैसकेपछि उसको समिक्षा किन गर्नु ? सायद यस्ता प्रश्न मेरो टिप्पणीमा आउलान् । अर्थात् ‘बाचुन्जेल धारेहात–मरेपछि जिन्दावाद’ भन्ने घोचपेच पनि आउलान् । यस्ता सबै संभावित तर्कनाहरुको लेखाजोखा गरेर नै मैले गिरीजाबाबुलाई फेरि पनि संझिने धृष्टता गरेको छु ।
चैत्र ७ गते नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हामीलाई औपचारिक ढंगले छाडेर गएको दिन । आज उनको संझनामा औपचारिक र अनौपचारिक गरी स्वदेश तथा विदेशका नेपालीले विभिन्न कार्यक्रम पनि आयोजना गरीरहेका छन् ।

यस्तो अवसरमा उहाँलाई नसम्झिई बस्न मेरो मनले पनि सुखै दिएन ।
व्यक्तिगत रुपमा उहाँको पार्टी नेपाली कांग्रेससँग कहिल्यै आवद्ध रहिन तर, मेरो राजनैतिक जीवनको ३६ वर्षमा कांग्रेस, विपी र गिरीजाबारे थाहा पाइरहें । ‘कांग्रेसले राजासँग घाँटी जोडेको, गिरीजावावु पंञ्चायतसँग कुरो मिलाएर बसेको, कांग्रेसलाई प्रतिबन्धको प्र राखेर प्रनेका को रुपमा जमलमै पार्टी अफिस खोल्न दिईएको, कांग्रेसको आधारभूत चरीत्र सामान्तवादी रहेको र विकृत तथा दलाल पुँजीवाद उन्मुख रहेको तथा भारतीय गोटी बनेर नेपाली राजनीतिमा सक्रिय हुने गरेको आदि ईत्यादि धेरै विभूषणहरु सिकाएर .हामीलाई कांग्रेस विरोधि कम्युनिष्ट बनाइएको रहेछ भन्ने पछिल्ला दृष्टान्त र समिक्षाले अनुभुत गराएको छ । आफूँ असल कम्युनिष्ट कसरी बन्ने भन्दा पनि कांग्रेससँग बढि भिड्ने भन्ने नियत राखिएकाहरुबाट हामी प्रशिक्षित भएका रहेछौं । यद्यपी त्यो प्रशिक्षण र ओरियन्टेशनप्रति गुनासो रहेको छैन । शायद त्यहि कारणले होला, अहिले आफै संलग्न पार्टी र नेताहरुमा पनि प्रश्न उठाउने नैतिक बल त मिलेको छ ।

२०४६ को बहुदल प्राप्तिको आन्दोलनपछि गिरीजावावु धेरैपटक प्रधानमन्त्री हुने अवसर पाउनु भयो । आफै प्रधानमन्त्री नभएपनि विचको २ वर्षे संकटकाल तथा राजाको प्रत्यक्ष शासन बाहेक २०४७ देखि २०६७ सम्मकै प्रत्यक्ष अप्रत्यक्ष शासनको बागडोर लिइरहनु भयो । यसवीचमा हामीले कतिपटक गिरिजाबाबु भनेर सम्बोधन नगरी होलो होचो गर्दै ‘गिर्जाउ’ समेत भन्यौ र भन्न लगायौं । नेपाली राजनीतिमा भएका विकृति र गलत अभ्यासहरुको उपयोगमा जानी नजानी प्रयोग भएरै आयौं ।

वास्तवमा ओरियन्टेशनबाट जन्मेको आक्रोश गिरीजावावु सँग व्यक्तिगत रुपमा थिएन । सामान्तवादको मतियार र विस्तारवादको भरियाका रुपमा बुझेीएको नेपाली कांग्रेस प्रति थियो । आक्रोश कृष्ण प्रसाद कोइरालाको छोरा वा मातृका र विपीको भाइ भएर पनि होइन । गिरीजावावुले २०४७ मा बेढंगंले बोलेको याद आउछ । ‘माले–मसाले र मण्डले’ एकै हुन । उहाँ कसरी र कुन रुपमा प्रयोग हुनुभयो, त्यो पनि थाहा थिएन तर हामीमा पनि उग्रतै आयो । भनिदियौं ‘तालु खुईले–गिरीजा भारततिरै छिरीजा’ ।

यो छोटो सम्झनामा सबै उल्लेख गर्न सम्भव छैन । तर, बाचुन्जेल नै नेपाली राजनीतिको मुख्य व्यक्तिका रुपमा रहेका गिरीजावावु जहिले पनि प्रष्टै बोलेर आएका हुन् । हामी कम्युनिष्टहरुलाई ओरियन्टेशनमा भनिन्थ्यो ‘गिर्जाको बौद्दिकता भएका कारण विपीले सधै उनलाई ‘हल्दार’ भन्दै आएका थिए । उनका कमजोरी २०४६ पछि पनि नदेखिएका होइनन् । प्रारम्भमा उनले कम्युनिष्टलाई पनि सहेर जानु पर्छ भन्ने सोचेनन् । पार्टीभित्र पनि गणेशमानहरु प्रताडित र अपमानित हुनुपर्यो । कृष्ण प्रसाद भट्टराई त धकेलिएरै मर्नुपर्यो ।

होलो होचो, अपमान र तिरस्कार राजनीतिकर्मीले सहन सक्नु पर्छ नैं । तर, गिरीजावावुले पेलेका, ठेलेका र घचेटेका मान्छेहरुले कांग्रेसलाई शुद्धिकरण अभियानमा लैजान ठोस र प्रभावकारी पहल गर्न सकेनन् । गिरीजाबाबुका कतिपय कमजोरी बुझेर नै देउवाले पार्टी फोर्दै र कोइराला भन्दा राजासँग घाटी जोड्न बढि तत्पर भए । पछिल्लो समय कांग्रेसलाई विधि, नीति, पद्दतिमा चलाउन आवस्यक भयो भनेर महसुस गरिसकेका गिरीजाप्रसादलाई आफ्नै किचनका व्यक्तिहरुले असहयोग गरे । आफूले सत्ताको दोहन गर्न पाउने बेलामा …यस्तो… ? भन्दै गिरीजाबाबु सँग नै खनिए । यिनै परीघटनाका बिच गिरीजावावु राजाले तोकेको रत्नपार्कको घाममा क्रान्तिकारी बनेर उभिनु पर्यो ।

कम्युनिष्टप्रति असहिष्णु भनिएका गिरीजा बाबुले राजाको लातपछि अमिक शेरचन, माधव नेपाल, लीलामणि, नारायणकाजी,कृष्ण सिटौला, बामेदवहरुको सहयोगमा जनयुद्धरत माओवादीसँग वार्ता गरे । कांग्रेस गणतन्त्र भन्दा तल नओर्लने सपथ खाए । यद्यपी कांग्रेसको संस्थागत प्रभाव राजतन्त्र फाल्ने तहसम्म नपुग्ला भनेर नरहरि आचार्यले कांग्रेसभित्रै गणतन्त्र अभियान चलाइरहेका पनि थिए । जीवनका सबै ठक्कर र लोकतन्त्रको मूल्यका लागि जनयुद्धमा रहेको माओवादीसँग पनि उनले साथ खोजे । भित्रि र बाहिरी दुनिया मिलाउने गिरीजावावुको यो प्रयासले अन्तत मूलुक गणतन्त्रमा आइपुग्यो ।

चालु गणतन्त्रमा गणतान्त्रिक संस्कृति कति छ, छैन, त्यसको छुट्टै विश्लेषण गर्न सकिन्छ । तर, गोलमेच सम्मेलन, अन्तरीम सरकार र संविधानसभाको कोर्ष मागेको तत्कालिन विद्रोही शक्तिसँगै उनी २४० वर्ष पुरानो राजतन्त्र फाल्न पूरै लागे । यसभित्र पार्टी–पार्टी भित्रका अन्तरविरोध त आफ्ना ठाउँमा छदै थिए, त्यसबाहेक कांग्रेसभित्र भारत र राजा खेलिरहेको कुरो उनले अमिक शेरचनसँग प्रष्टै भनेको सार्वजनिक भैसकेको छ ।

गिरीजावावुको पछिल्लो राजनैतिक अडान र सक्रियताका कारण उनलाई राष्ट्रपतिको रुपमा हेर्ने नेपाली जनताको चाहना पूरा भएन । यसमा स्वदेशी विदेशी तत्व कुन रुपमा कसरी खेले त्यो पनि प्रष्टिदै जाला तर तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड स्वयमले पनि गम्भीरताका साथ आत्मसाथ’ गरेको बताउँदै आएका छन् ।

आज उनै गिरीजाबाबुको उत्तराधिकारी बताउने भतिज शसांकले बाबु र काकाहरुको कुल लगानीबाट प्राप्त गणतन्त्र बारे विवादास्पद बोल्न थालेका छन् । २०७४ को चुनावले कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न दिएको जनादेशबाट छटपटिदै धर्म निरपेक्ष, गणतन्त्र र संघीयताको जनमत संग्रह गर्न कांग्रेस तयार भएको खुलै बोलेका छन् । झण्डै दुहाइ तिहाइ मतमा नेकपा नेतृत्वको सरकारबाट जनअपेक्षा अनुरुप काम नभएको टिप्पणी बढेका बेला शसांकले प्रतिगमन उन्मुख फायर खोलेका छन् । यस्तो स्थितिमिा कांग्रेसभित्र र बाहिरका सबै गणतन्त्रवादीले गिरीजावावुलाई नसंझी बस्न कहा सकिन्छ ।

वि.सं.२०७५ चैत ७ बिहीवार १३:५९ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...