back
CTIZAN AD

अक्कल तामाङलाई अष्ट ज मा स्वागत

वि.सं.२०७५ चैत ७ बिहीवार

672 

shares

७ चैत, काठमाडौं । यूवा सामाजिक अभियन्ता अक्कल बहादूर तामाङलाई अष्ट ज अभियानमा स्वागत गरिएको छ ।

अष्ट ज अभियानका केन्द्रीय अध्यक्ष लोककृष्ण भट्टराईले अभियानको आजीवन सदस्यता लिएका तामाङलाई हार्दिक बधाइ व्यक्त गर्दै स्वागत गरेका हुन् ।


सो अवसरमा अध्यक्षद्धारा ‘अन्तराष्ट्रिय दूत’ को जिम्मेवारीमा विदेश बस्ने नेपाली र नेपालीलाई माया गर्ने विदेशीका विचमा समेत जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै समाजसेवी तामाङले आफ्नो लगाव र क्षमतालाई निष्ठापूर्वक अभियानमा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त अभियानका तर्फबाट दिईएको पत्रमा भनिएको छ,
‘श्री अक्कल बहादुर तामाङ्गज्यू
कपन, काठमाडौं ।

विषय : ‘अन्तराष्ट्रिय दूत’ को जिम्मेवारी घोषणा सम्बन्धमा
महोदय,
जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जनशक्ति र जराजुरी लगायत ‘अष्ट ज’ को पहिचान, संरक्षण, सम्बद्र्धन, व्यवसायिक उत्पादन र न्यायोचित वितरणका पक्षमा नीतिगत संघर्ष गर्दै आएको यस अभियानको आजीवन सदस्य लिनु भएकोमा तपाई श्री अक्क्ल बहादुर तामाङलाई हार्दिक बधाई व्यक्त गर्न चाहान्छु ।
नेपाली श्रोत र सम्पदाको व्यवसायिक प्रयोगबाटैे समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिन्छ भन्ने बिश्वासका साथ यस अभियानमार्फत् सामाजिक रुपान्तरणको आन्दोलनमा जोडिनुभएको यस अवसरमा तपाइलाई अष्ट ज अभियान नेपालको ‘अन्तराष्ट्रिय दूत’का रुपमा सगर्व घोषणा गर्दछु ।

संसारभरीका नेपाली र नेपाललाई माया गर्ने विदेशीको विचमा पनि अष्ट ज अभियान नेपालको भाव संप्रेषण तथा आन्दोलन प्रति ऐक्यबद्धता जुटाउन तपाइको सक्रिय भूमिका र रचनात्मक गतिशिलताको अपेक्षा गरेको छु ।’

भवदीय
लोककृष्ण भट्टराई
अध्यक्ष,
अष्ट ज अभियान नेपाल

वि.सं.२०७५ चैत ७ बिहीवार १३:४३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...