back
CTIZAN AD

एशिया कप ह्विलचियर क्रिकेट नेपालमा हुने

वि.सं.२०७५ चैत ७ बिहीवार

747 

shares

 

७ चैत, काठमाडौँ । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

प्रतियोगिता आगामी अप्रिलको अन्तिम सातामा हुने शेर्पाले बताए । चार दिनसम्म चल्ने सो प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । “खेल मैदानको समस्याका कारण मिति तय गर्न नसकिएको हो”, अध्यक्ष शेर्पाले भने, “खेल मैदानका लागि सम्बन्धित पक्षसँग कुरा गरिरहेका छौँ ।” टि–२० फरम्याटमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तान भिड्ने छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा जम्मा सात खेल हुनेछन् । शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । अध्यक्ष शेर्पाले ह्विलचियर क्रिकेट एशिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको बताए । सङ्घकै आयोजनामा गत वर्ष त्रिवि क्रिकेट मैदानमा नेपाल, भारत र बङ्गलादेश सम्मिलित ह्विलचियर क्रिकेटको त्रिकोणात्मक श्रृङ्खला भएको थियो । उपाधि नेपालले जितेको थियो । पत्रकार सम्मेलनमा ‘इन्टरनेशनल काउन्सिल फर ह्विलचियर क्रिकेटका अध्यक्ष पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ चैत ७ बिहीवार १८:५३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...