back
CTIZAN AD

आडवाणी रुष्ट, मायावती चुनावै नलड्ने

वि.सं.२०७५ चैत ८ शुक्रवार

705 

shares


८ चैत्र । भारतीय जनता पार्टी(भाजपा) का पूर्व अध्यक्ष तथा वरिष्ठ नेता लालकृष्ण आडवानीको नाम उम्मेदवारको पहिलो सूचिमा नपरेपछि उनका समर्थकहरुले मोदीलाई पूर्वाग्रहीको आरोप लगाएका छन् ।

उनले चुनाव लड्दै आएको गुजरातको गान्धिनगरबाट भाजपा अध्यष अमित शाहलाई उम्मेदवार सार्वजनिक गरिनु र १८४ जनाको पहिलो सूचिमा उनी नपरेपछि उनका समर्थकहरु रुष्ट भएका हुन् ।

यता नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशकी चर्चित नेतृ मायावती निर्वाचनमा प्रतिस्पर्धामा नजाने बताएकी छन् । उत्तर प्रदेशको सत्तारुढ भाजपालाई जसरी पनि परास्त गर्नकै लागि आफू नउठ्ने घोषणा गरेकी मायावती ४ पटक मुख्यमन्त्री भैसकेकी व्यक्तित्व हुन् ।

आगामी अप्रिल ११ देखि विभिन्न चरणमा हुने निर्वाचनको पूर्व सन्ध्यामा बहुजन समाज पार्टीकी नेतृ मायावतीले यस्तो घोषणा गरेपछि उत्तर प्रदेशमा तरङ्ग फैलिएको छ । आफूले जित्नुभन्दा पनि पार्टीलाई जिताउन त्यसो गर्नु परेको भन्दै समर्थकलाई आश्वस्त पारिरहेकी मायावतीले चुनाव परिणाम अब आफ्नो पक्षमा आउने बताएकी छन् ।

यसैबीच प्राप्त समाचार अनुसार बिजेपीको सूचिमा प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई फेरि पुरानै निर्वाचन क्षेत्र बनारस दिइएको छ । आफ्ना विपक्षी राष्ट्रिय कांग्रेसका मधुसुदन मिस्त्रिलाई ५ लाख बढी मतले जितेका मोदीलाई यो पटक भने पहिले जस्तो सहज नभएको बताइएको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ११:३१ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...